इटालियन ब्रान्ड मोटो मोरिनीका वाइक भारतमा उत्पादन हुने

इटालिनय टु ह्विलर ब्रान्ड मोटो मोरिनीले भारतमा उत्पादन थाल्ने भएको छ । अदिश्वार अटो राइड इण्डियासंगको साझेदारीमा यो कम्पनीले भारतमा मोटरसाइकलको उत्पादन शुरु गर्ने भएको हो । अदिश्वारले हाल बेनेली र किवे व्रान्डका मोटरसाइकलको भारतीय बजार हेर्दैै आइरहेको छ । मोटो मोरिनीलाई चीनीयाँ कम्पनी जोंगनेंगले सन् २०१८ मा आफू मातहत लिएर बजार विस्तार गर्दै आइरहेको छ ।

मोरिनीसंग हाल एक्स–क्यापे एड्भेन्चर टुरर र सिमेजो नियो–रेट्रो रोडस्टर वाइक उपलब्ध रहँदै आएको छ । यी दुबै वाइकमा सिएफ मोटोको ६४९ सिसी प्यारलल ट्विन इन्जिन जडान गरिएको छ, जसको अधिकांश स्पेशिफिकेसन कावासाकी ६५० इन्जिनसंग मिल्दोजुल्दो छ ।

यो कम्पनीले भारतीय बजारमा कुन कुन सेग्मेन्टका वाइक उत्पादन गर्न लागेको हो भनेर हालसम्म कुनै जानकारी सार्वजनिक नगरिए पनि विग सिसीका वाइक पहिलो प्राथमिकतामा पर्नसक्ने आँकलन गरिएको छ । सन् १९३७ सालमा स्थापना भएको मोटो मोरिनी इन्नोभेटिभ डिजाइन र इन्जिनियरिङका क्षेत्रमा चर्चित मानिन्छ । यो कम्पनीले शुरुवाती चरणमा १२५ देखी २५० सीसी क्षमतासम्मका रेसिङ वाइक उत्पादन गरेको थियो ।

सम्बन्धित समाचारहरू

जोङसेन बाइकले शुरु गर्यो पूर्बका सहरमा टेष्ट राइड कार्यक्रम

जोङसेन बाइकले शुरु गर्यो पूर्बका सहरमा टेष्ट राइड कार्यक्रम

नेपाली बजारमा हालसालै भित्रिएको टु ह्विलर ब्रान्ड जोङसेनले पूर्बका...

टीआरके सिरिजमा अर्को एड्भेन्चर बाइक ल्याउदै बेनेली

टीआरके सिरिजमा अर्को एड्भेन्चर बाइक ल्याउदै बेनेली

बेनेलीले चाँडै टीआरके सिरिजको नयाँ बाइक टीआरके ७०२ एड्भेन्चर ट्विन...

बेबी लियोन्सिनो : बेनेलीको सबैभन्दा सानो स्क्र्याम्बलर लियोन्सिनो १२५ सार्वजनिक

बेबी लियोन्सिनो : बेनेलीको सबैभन्दा सानो स्क्र्याम्बलर लियोन्सिनो १२५ सार्वजनिक

बेनेली लियोन्सिनो १२५ अन्तर्राष्ट्रिय बजारका लागि सार्वजनिक गरिएको छ । यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...