यस्तो हुनेछ ओलाको पहिलो इलेक्ट्रिक कार

ओलाले आफ्नो पहिलो इलेक्ट्रिक कार ल्याउने भएको छ । कम्पनीले सो कारको पहिलो लुक सार्वजनिक गरेको छ । यसअघि कम्पनीले ओला इलेक्ट्रिक स्कुटर ल्याएको थियो । रिपोर्टका अनुसार यो सेडान सेग्मेन्टको इलेक्ट्रिक कार हुनेछ ।

टिपस्टर अभिषेक यादवले आफ्नो ट्विटर एकाउन्टमा ओला इलेक्ट्रिक कारका केही तस्बिर सेयर गरेका छन् । तमिलनाडुको ओला फ्युचर फ्याक्ट्रीमा कम्पनीका सीईओ भाविश अग्रवालले इलेक्ट्रिक कारको टिजर भिडियो जारी गरेका थिए ।

टिजर भिडियो अनुसार कारमा फ्युचरिस्टिक डिजाइन दिइएको छ । यसको अगाडिदेखि पछाडिसम्म एलईडी लाइट जडान गरिएको छ । टिजरमा कारलाई रातो कलरमा प्रस्तुत गरिएको छ । ओला इलेक्ट्रिक कारमा स्लिक एलईडी हेडल्याम्प, स्लोपी विन्डशिल्ड र स्पोर्टी अलोय ह्विल समावेश गरिएको छ ।

केही दिन पहिले कम्पनीका सीईओले कम्पनीको पहिलो इलेक्ट्रिक कार लन्च गर्ने जानकारी दिएका थिए । यस क्रममा उनले कम्पनीले करिब ६ महिनादेखि अटोनोमस गाडीको परीक्षण गरिरहेको बताए । यो कार विश्व बजारमा आउन २ वर्ष लाग्न सक्छ । कम्पनीले सो कारको मूल्य १० लाख भन्दा कम हुने जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

आज विश्व ईभी दिवस, ईभीको प्रयोग र लोकप्रियता वढ्दै

आज विश्व ईभी दिवस, ईभीको प्रयोग र लोकप्रियता वढ्दै

आज अर्थात सेप्टेम्वर ९ लाई विश्व ईभी दिवसका रुपमा मनाइदै छ । सन् २०२० मा...

टोयोटाले आफ्नो नयाँ हाइब्रिड एसयूभीको नाम टोयोटा हाइराइडर राख्ने, हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्ने

टोयोटाले आफ्नो नयाँ हाइब्रिड एसयूभीको नाम टोयोटा हाइराइडर राख्ने, हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्ने

मिड साइज एसयूभीको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै टोयोटा किर्लोस्कर...

बाउन्स इन्फिनिटी ई१ इलेक्ट्रिक स्कुटरको परीक्षण चल्दै, छिट्टै नेपाली बजारमा उपलब्ध हुने

बाउन्स इन्फिनिटी ई१ इलेक्ट्रिक स्कुटरको परीक्षण चल्दै, छिट्टै नेपाली बजारमा उपलब्ध हुने

मोडर्न टचका साथ रेट्रो लुकमा उपलब्ध बाउन्स इन्फिनिटीको इलेक्ट्रिक स्कुटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...