सुपर सोको अफर : दैनिक १३९ रुपैयाँ किस्तामा इलेक्ट्रिक स्कुटर, नो डाउन पेमेन्ट

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य लगातार बढिरहेको अवस्थामा नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक स्कुटर आयातकर्ता कम्पनीहरुले ग्राहकको ध्यानाकर्षणका लागि विभिन्न स्किम ल्याउने गरेका छन् । यसै सन्दर्भमा सुपर सोको ब्रान्डको नेपालका लागि आधिकारिक वितरक डी–लाइफ स्टाइल्सले दैनिक १३९ रुपैयाँ किस्ता तिरेर स्कुटर लिन सकिने सुविधा उपलब्ध गराएको छ ।

अन्य कम्पनीहरुले शुरुमा निश्चित रकम डाउन पेमेन्टको रुपमा तिर्नु पर्ने स्किम उपलब्ध गराउने गरिरहेकोमा सुपर सोको स्कुटरका लागि भने शुरुमा डाउन पेमेन्टको रुपमा रकम बुझाउनु पर्ने छैन ।

कम्पनीका अनुसार दैनिक १३९ रुपैयाँ किस्ता सुविधामा सीयू मिनी स्कुटर उपलब्ध हुनेछ । जसको मूल्य १ लाख ७९ हजार ९०० रुपैयाँ तोकिएको छ । यो स्कुटर एक पटकको फुल चार्जमा ६० किलोमिटरसम्म गुडाउन सकिने छ ।

यस्तै ग्राहकले शून्य प्रतिशत डाउनपेमेन्टमा १२, १८ र २४ महिनाको किस्ताबन्दी सुविधाका साथ सुपर सोकोका मोटरसाइकल खरिद गर्न सक्नेछन् । यद्यपि डाउन पेमेन्ट बापत कुनै शुल्क नलागेपनि ब्याज बापत लाग्ने रकम भने सुरुमै तिर्नुपर्ने हुन्छ ।

नेपाली बजारमा सुपर सोको ब्रान्डका विभिन्न मोडलका बाइक र स्कुटर उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

इन्धन, ईभी र इम्बोस्ड नम्वर प्लेट : अटोमोबाइल क्षेत्रमा सरकारले देखाएको तीन हर्कत

इन्धन, ईभी र इम्बोस्ड नम्वर प्लेट : अटोमोबाइल क्षेत्रमा सरकारले देखाएको तीन हर्कत

नेपालमा अहिले सवैभन्दा बढी गिजोलिएको कुनै क्षेत्र छ भने त्यो अटोमोबाइल...

चार्जिङ स्टेशनमा लगानी बढाउन लगानीकर्ताहरुलाई कुलमानको आह्वान

चार्जिङ स्टेशनमा लगानी बढाउन लगानीकर्ताहरुलाई कुलमानको आह्वान

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले...

ईभी प्रयोगमा नेपाल विश्वकै दोस्रो स्थानमा, नर्वे पहिलो बन्दा अन्य देशको अवस्था के ?

ईभी प्रयोगमा नेपाल विश्वकै दोस्रो स्थानमा, नर्वे पहिलो बन्दा अन्य देशको अवस्था के ?

काठमाडौं–नेपाल विद्युतीय सवारीसाधन (ईभी) प्रयोगका हिसावले विश्वकै दोस्रो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...