बीवाईडी अल न्यु ई६ पुरानै मूल्यमा : लिमिटेड स्टक उपलब्ध

काठमाडौं – आगामी आर्थिक वर्षको लागि सरकारले १०० किलोवाट भन्दा माथिका विद्युतीय सवारी साधनको कर बढाए पनि नेपालमा उपलब्ध विद्युतीय कार मध्ये सबैभन्दा बढी रेन्ज दिने दाबी गरिएको बीवाईडी अल न्यु ई६ भने पुरानै मूल्यमा उपलब्ध हुने भएको छ ।

पहिले देखि नै नेपाली बजारमा उपलब्ध भएको र ५७ लाख ५० हजार रुपैयाँ मूल्य तोकिएमो अल न्यु ई६ को लिमिटेड स्टक उपलब्ध भएको आधिकारिक बितरक साइमेक्स इंकले बताएको छ ।

बजेटमा सरकारले १०० किलोवाट भन्दा बढी क्षमताका इलेक्ट्रिक कारको मूल्य बढाउने बताएको छ । तर अल न्यु ई६ मा १०० किलोवाट भन्दा कम क्षमताको मोटर जडान भएकाले बजेटको असर यसमा पर्ने छैन ।

नयाँ बीवाईडी ई६ नेपाली बजारमा उपलब्ध हुने सबैभन्दा धेरै रेन्ज दिने इलेक्ट्रिक कार बनेको छ । यसमा भएको ७१.७ किलोवाट आवरको ब्लेड ब्याट्री प्याकका कारण यसले सिंगल चार्जमा ५२२ किलोमिटर रेन्ज प्रदान गर्छ । त्यसैगरी यसमा भएको ७० किलोवाटको इलेक्ट्रिक मोटरले १८० एनएम टर्क जेनेरेट गर्छ ।

ब्लेड ब्याट्री हाल बजारमा आएको नयाँ प्रविधिको ब्याट्री हो, जसलाई इलेक्ट्रिक गाडीमा प्रयोग गर्न सकिन्छ ।ब्याट्री प्याक अनुसार फरक फरक क्षमताका ब्लेड ब्याट्री उपलब्ध छन् । यसलाई ब्याट्री प्याकमा ब्लेड जसरी मिलाएर राख्न सकिन्छ । परम्परागत लिथियम ब्याट्री र लिथियम आइरन फस्फेट ब्याट्री भन्दा यो बढी सुरक्षित हुनुका साथै लामो रेन्ज दिने र टिकाउ समेत हुन्छ ।

नयाँ बीवाईडी ई६ मा स्मुथ र कम्फर्टेबल राइडको अनुभव गर्न सकिन्छ । यसमा ५८० लिटरको बुट स्पेस र इन्टेरियरमा भएको प्रशस्तै स्पेसले यसलाई थप सुविधाजनक बनाएको छ । यसमा भएको म्याकफर्सन स्ट्रट फ्रन्ट सस्पेन्सन र रियर मल्टी–लिंक सस्पेन्सन च्यासिसले यसले प्रदान गर्ने सुविधालाई थप बढाएको छ ।

बीवाईडी ई६ कारलाई विभिन्न तरिकाले चार्ज गर्न सकिने भएकाले आफूलाई उपयुक्त अप्सन प्रयोग गर्न सकिन्छ । यसलाई चार्ज गर्नका लागि एसी र डीसी फास्ट चार्जिङ दुवै अप्सन प्रयोग गर्न सकिन्छ । एसी फास्ट चार्जरले २ घण्टामा र डीसी बुस्ट चार्जरले १ घण्टा १० मिनेट सम्ममा यसलाई फुल चार्ज गर्न सकिन्छ । त्यसैगरी ६.६ किलोवाट होम चार्जरले यसलाई १० घण्टामा फुल चार्ज गर्न सकिन्छ ।

अल न्यु बीवाईडी ई६ बोसको अत्याधुनिक आईपीबी इन्टेलिजेन्ट इन्टिग्रेटेड ब्रेक कन्ट्रोल सिस्टम प्रयोग गरिएको विश्वकै पहिलो इलेक्ट्रिक कार हो । यसका कारण ब्रेकिङ फिल स्मुथ हुनुका साथै फास्ट रेस्पोन्स हुन्छ । यसले ब्रेकिङलाई सहज बनाउँछ ।

गाडीमा ईपीएस, एबीएस, ईएसपी, ईपीबी, भीडीसी, बीओसी, ईबीडी, हिल स्टार्ट असिस्ट कन्ट्रोल, हाइड्रोलिक ब्रेक फोर्स डिस्ट्रिब्युसन आदि सेफ्टी फिचर उपलब्ध छन् ।

५ सिट क्षमताको नयाँ बीवाईडी ई६ को लम्बाई, चौडाई र उचाई क्रमशः ४६९५ एमएम, १८१० एमएम र १६७० एमएम छ । यसको ह्विलबेस २८०० एमएम छ । त्यसैगरी १७५ एमएम ग्राउन्ड क्लियरेन्स छ ।

बीवाईडीको यो इलेक्ट्रिक कारमा भएको ब्याट्रीमा ८ वर्ष वा ५ लाख किलोमिटर सम्मको वारेन्टी प्रदान गरिने कम्पनीको भनाइ छ । त्यसैगरी मोटर, इलेक्ट्रोनिक कन्ट्रोल सिस्टम र ट्रान्समिसन एसेम्बलीमा ५ वर्ष वा १ लाख ५० हजार किलोमिटर सम्मको वारेन्टी प्रदान गरिने छ ।

सम्बन्धित समाचारहरू

ईभी प्रवर्धनका लागि मन्त्री घिसिङले बनाए कार्यदल, नेपाललाई ईभी युगमा लैजाने घोषणा

ईभी प्रवर्धनका लागि मन्त्री घिसिङले बनाए कार्यदल, नेपाललाई ईभी युगमा लैजाने घोषणा

काठमाडौं – उज्यालो अभियानका नायक मानिएका कुलमान घिसिङ हालै भौतिक...

थाइल्यान्डबाट सार्वजनिक भयो होन्डाको पहिलो फुल्ली इलेक्ट्रिक कारको प्रोडक्सन युनिट

थाइल्यान्डबाट सार्वजनिक भयो होन्डाको पहिलो फुल्ली इलेक्ट्रिक कारको प्रोडक्सन युनिट

होन्डाले पहिलो फुल्ली इलेक्ट्रिक कारको प्रोडक्सन युनिटलाई औपचारिक रुपमा...

टाटाले नेपाल ल्यायो विद्युतीय ट्याक्सी एक्सप्रेस–टी, परीक्षण चल्दै

टाटाले नेपाल ल्यायो विद्युतीय ट्याक्सी एक्सप्रेस–टी, परीक्षण चल्दै

काठमाडौं – नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...