सेमिकन्डक्टर अभाव १ वर्षपछि समाधान हुने, नयाँ प्रविधिमा काम गर्दै ठूला उत्पादक

विगत २ वर्षयता चरम रुपमा अभाव हुँदै आएको सेमिकन्डक्टरको सप्लाई अव सहज हुने भएको छ । सवारीसाधनमा प्रयोग हुने चीपमा आधारित यो सामग्रीको सवैभन्दा ठूलो निर्माता भिस्टोनका सिइओ सचिन लवान्डेका अनुसार अवको १ वर्षपछि अर्थान सन् २०२३ देखी यो समस्याको दिर्घकालिन समाधान हुने भएको हो । चीप अभावका कारण विश्वभर नै सवारीसाधनको उत्पादन प्रभावित बन्दै आइरहेको छ ।

सवारीसाधनका लागी अत्यवश्यक यो डिभाइसको उत्पादन नयाँ तवरबाट हुन लागिरहेको कारण ठूलो मात्रामा सप्लाई गर्न समस्या नहुने उनको जिकिर छ । उनले भनेका छन, ‘केही क्लासका लागि अहिले पनि पर्याप्त मात्रामा सप्लाई हुँदै आइरहेको छ । सानो भन्दा सानो नानोमिटर प्रविधीमा आधारीत भई उत्पादन हुन थालेपछि २८, १४, १० र ७ नानोमिटरका चिपको सप्लाइमा समस्या हुनेछैन । जसका लागी यस्ता डिभाइस उत्पादन गर्ने कम्पनीले ठूलो रकम लगानी गरिरहेका छन् ।’

लवान्डेका अनुसार हाल बजारमा ठूलोमा ४० नोनोमिटर र सवैभन्दा सानोमा ७ नानोमिटर सम्मका चीपको सप्लाई हुँदै आइरहेको छ । ठूलो आकारको चिप विस्तारै विस्थापित हुँदै जाने र यसको स्थानमा साना आकारले स्थान लिने उनको भनाई छ । यो नयाँ प्रविधीको चीप छिटो र अत्याधुनिक रहेको कारण थोरै संख्यामा प्रयोग गर्न सकिनेछ । कम्पनीले पछिल्लो समय महिन्द्रा एक्सयुभी ७०० मा नयाँ प्रविधीको स्मार्ट कोर सिस्टमयुक्त चिप सप्लाई समेत थालिसकेको छ ।

२ वर्षअघि निम्तिएको विश्वव्यापी कारोना महामारीको समयमा प्राय सवैजसो अटो उत्पादकहरुले गाडी बिक्री घट्ने अनुमान लगाउँदै चीपको माग कम गरेका थिए । जसका कारण ठूला उत्पादकहरुले यो सिमिकन्डक्टरको उत्पादन कटौती गरे । तर उनीहरुले लगाएको अनुमानको ठिक विपरित गाडीको माग र बिक्री दुबै वढ्न थालेपछि सवारीसाधनको उत्पादनमा दवाव बढ्न गई चीपको आभाव चर्किएको हो । जुन अहिलेपनि अभावग्रस्तकै अवस्थामा रहिरहेको छ ।

सम्बन्धित समाचारहरू

६ नयाँ मोडलसहित फरारीले अक्टोवरमा पहिलो ईभी सार्वजनिक गर्ने

६ नयाँ मोडलसहित फरारीले अक्टोवरमा पहिलो ईभी सार्वजनिक गर्ने

लक्जरी स्पोट्र्स कार निर्माता फरारीले आगामी अक्टोबरमा आफ्नो पहिलो...

बीवाईडी एट्टो३ इलेक्ट्रिक एसयूभीले पायो फाइभ स्टार युरो एनक्याप सेफ्टी रेटिङ

बीवाईडी एट्टो३ इलेक्ट्रिक एसयूभीले पायो फाइभ स्टार युरो एनक्याप सेफ्टी रेटिङ

चीनको प्रतिष्ठित इलेक्ट्रिक सवारी निर्माता कम्पनी बीवाईडीको नयाँ...

नेपाली बजारमा चिनियाँ ईभीको वर्चश्व

नेपाली बजारमा चिनियाँ ईभीको वर्चश्व

नेपाली बजारमा चिनियाँ सवारीसाधनहरूको वर्चश्व देखिएको छ । पछिल्लो समय चार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...