कन्भर्सन किट जडित टाटा सफारी इलेक्ट्रिक भर्सनमा आउँदै

टाटाको प्रमुख प्यासेन्जर कार टाटा सफारी अब इलेक्ट्रिक भर्सनमा लन्च गरिने भएको छ । हालै भारतको राजस्थानमा सो एसयूभी परीक्षणको समयमा देखिएको थियो । कम्पनीले टाटा सफारी इलेक्ट्रिक भर्सनमा लन्च गरेमा निकै रोचक हुने अनुमान गरिएको छ । कम्पनीले अल्ट्रोज ईभी र पन्च ईभी पनि छिट्टै भारतमा लन्च गर्ने सम्भावना छ ।

यद्यपि रिपोर्टका अनुसार टाटा सफारी टाटा मोटर्सको प्रोटोटाइप भने होइन । यो विशेष मोडेल नियमित २०२१ टाटा सफारी एक्सजेडए प्लस हो, जसमा पावरका लागि २.० लिटर टर्बो डिजेल इन्जिन जडान गरिएको छ । यसमा हरियो रङको नम्बर प्लेट जोडिएको छ । नयाँ सफारीमा इलेक्ट्रिक कन्भर्सन किटलाई प्रयोग गर्न सकिन्छ ।

यो किट विकासको चरणमा छ वा व्यावसायिक रूपमा स्वीकृत भइसकेको छ भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । हाल ईभी कन्भर्सन किट निकै लोकप्रिय छ । गोगोए१ र नर्थवे मोटरस्पोर्टस् जस्ता कम्पनीले केही दुई पाङ्ग्रे सवारी साधन, यात्रुवाहक कार र व्यावसायिक सवारी साधनमा ईभी कन्भर्सन किट प्रयोग गरिरहेको छ ।

प्रिमियम एसयूभीको लागि ईभी कन्भर्सन किट प्रयोग गर्नु एक स्मार्ट विकल्प हुनेछ । तर, यो ईभी कन्भर्सन किटको विकास गर्नु एकदमै महँगो प्रक्रिया हो ।

नयाँ सफारीको डिजाइनमा कुनै परिवर्तन गरिएको छैन । यो टाटाको आफ्नै परीक्षण मोडल जस्तो देखिदैन किनकि यसमा रातो नम्बर प्लेट प्रयोग गरिएको छैन ।

सम्बन्धित समाचारहरू

सीजी मोटर्सको एक्सचेन्ज मेला सुरु, टेष्ट ड्राइभ गर्दा आईफोन १६ जित्न सकिने

सीजी मोटर्सको एक्सचेन्ज मेला सुरु, टेष्ट ड्राइभ गर्दा आईफोन १६ जित्न सकिने

काठमाडौं– सीजी मोटर्सले एक हप्तासम्म चल्ने ईभी एक्सचेन्ज मेला सुरु गरेको...

बीवाईडीको  शोरुम अब नक्सालमा, एट्टो३ इलेक्ट्रिक कार सार्वजनिक

बीवाईडीको शोरुम अब नक्सालमा, एट्टो३ इलेक्ट्रिक कार सार्वजनिक

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नक्साल,...

तिहार अघि साझाका ३७ बिजुली बस नेपाल आउँदै

तिहार अघि साझाका ३७ बिजुली बस नेपाल आउँदै

काठमाडौं – साझा यातायातका ३७ बिजुली बस नेपालका लागि प्रस्थान गरेका छन् ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...