सिंगल चार्जमा ४२० किमी चल्ने एड्भेन्चर बाइक, ४० मिनेटमै ८० प्रतिशत चार्ज

इटालियन इलेक्ट्रिक बाइक निर्माता कम्पनी इनर्जिकाले नयाँ एडभेन्चर मोटरसाइकल एक्सपेरिया अन्तर्राष्ट्रिय बजारमा ल्याएको छ । यो बाइकको विशेषता भनेको एक पटक चार्जमा ४२० किलोमिटरको दूरी तय सक्नु हो । यसको अर्थ यो बाइक अहिलेसम्मकै सबैभन्दा बढी रेन्ज दिने बाइक हो ।

इनर्जिका एक्सपेरिया बाइकमा २२.५ किलोवाटको ब्याट्री प्याक प्रयोग गरिएको छ । यसलाई ४० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सकिन्छ । २४ किलोवाट डीसी फास्ट चार्जर प्रयोग गरेर यसको चार्जिङ समयलाई उल्लेखनीय रूपमा घटाउन सकिन्छ। यसबाहेक बाइकमा चार्जिङका अन्य केही विकल्प पनि उपलब्ध छन् ।

इलेक्ट्रिक ब्याट्रीले विद्युतीय मोटरलाई शक्ति दिन्छ, जसले १०१ बीएचपी पावर र ११५ एनएम टर्क जेनेरेट गर्छ। यस मोटरको कार्यसम्पादन घटाएर बाइकको क्रुजिङ दायरा थप बढाउन सकिने कम्पनीले जनाएको छ ।

मोटरसाइकललाई इको, रेन, अर्बन र स्पोर्ट गरी चार मोडमा चलाउन सकिन्छ। यसबाहेक यसमा ६–लेभल ट्र्याक्सन कन्ट्रोल सिस्टम, क्रुज कन्ट्रोल र टीएफटी डिस्प्ले पनि छ। यसमा स्ट्यान्डर्ड हिटेड ग्रिपहरूसँग पनि आउँछ, तर अन्तर्राष्ट्रिय रूपमा बिक्री हुने मास मार्केट मोडलमा यसलाई वैकल्पिक बनाइनेछ। यसका अलावा हाई, मिडियम, लो र अफमा फोर–लेभल रिजेनेरेटिभ ब्रेकिङ पनि आउँछ।

बाइकलाई धेरै कार्यमा प्रयोग गर्न सकियोस् भन्ने उद्देश्यले नयाँ ट्युबुलर फ्रेम तयार गरिएको छ । साथै, ब्याट्री, ब्याट्री कन्ट्रोलर र मोटर विशेष रूपमा टुरिङ आवश्यकताहरूको लागि डिजाइन गरिएको थियो। तस्बिरहरूबाट अनुमान लगाउन गाह्रो छैन कि एक्सपेरिया आरामदायी र सीधा सवारीको लागि डिजाइन गरिएको हो।

यद्यपि यो बाइक तत्काल नेपाल आउने सम्भावना भने छैन । भविष्यमा पनि यो बाइक छिट्टै नै नेपाल आउने अनुमान गर्न सकिदैन ।

सम्बन्धित समाचारहरू

चांगानको विरासत : यस्ता छन् अटो ट्रेन्डलाई आकार दिने चांगानका आइकनिक मोडल

चांगानको विरासत : यस्ता छन् अटो ट्रेन्डलाई आकार दिने चांगानका आइकनिक मोडल

१६२ वर्ष लामो विरासत भएको चांगान अटोमोबाइल चीनको सबैभन्दा पुरानो र...

पेट्रोलियम बाइक तथा स्कुटरलाई तीन घण्टामै विद्युतीयमा रुपान्तरण गर्न सकिने : यस्तो छ प्रक्रिया

पेट्रोलियम बाइक तथा स्कुटरलाई तीन घण्टामै विद्युतीयमा रुपान्तरण गर्न सकिने : यस्तो छ प्रक्रिया

काठमाडौं – पेट्रोलबाट चल्ने आफ्ना पुराना बाइक वा स्कुटरलाई केही घण्टामै...

महिन्द्राको नयाँ इलेक्ट्रिक फ्ल्यागशिप एसयूभी एक्सईभी ९एस नोभेम्बर २७ मा सार्वजनिक हुँदै

महिन्द्राको नयाँ इलेक्ट्रिक फ्ल्यागशिप एसयूभी एक्सईभी ९एस नोभेम्बर २७ मा सार्वजनिक हुँदै

महिन्द्राले नोभेम्बर २७ मा भारतको आयोजना हुने ‘स्क्रिम इलेक्ट्रिक’...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...