स्कोडाको स्पोर्टी र टियर भेरियन्ट एपिक स्पोर्टलाइन विश्व बजारमा सार्वजनिक
स्कोडाले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी एपिकको स्पोर्टी र टियर भेरियन्ट...
स्कोडले आफ्नो लोकप्रिय एसयुभी कुसाकमा नयाँ फिचर्स अपडेट गरेको छ । उसले सबै भेरियन्टमा टायर प्रेसर मोनिटरिङ सिस्टमलाई अनिबार्य बनाएको छ भने स्टाइल भेरियन्टमा नयाँ रुफ लाइनर र फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर थप गरेको छ । साथै यसअघिको १० इन्च इन्फोटेन्मेन्ट सिस्टमलाई कम गरेर ८ इन्चमा झारेको छ । यसैगरी यो एसयुभीको रेन्जमा नयाँ भेरियन्ट स्टाइल एनएसआर समेत थप गरेको छ ।
थप भएको यो नयाँ भेरियन्टमा सनरुफ हटाइएको छ । कुसाकले यसअघि स्टाइल भेरियन्टको टप स्पेकमा सनरुफ उपलब्ध गराउँदै आइरहेकोमा यो नयाँ भेरियन्टलाई भने सनरुफ बेगर नै ल्याएको हो । सनरुफ वाहेक यसमा रेन सेन्सिङ वाइपर र अटो डिमिङ इन्टेरियर रियर भ्यू मिरर समेत हटाईएको छ । साथै स्पेयर ह्विल समेत पहिलेको तुलनमा केही सानो दिइएको छ ।
कुसाकको यो नयाँ भेरियन्टको मूल्य यसअघिको टप स्पेकको तुलनमा २० हजार भारुले कम गरिएको छ । यसको पावर ट्रेन र मेकानिकल पक्षमा भने कुनै परिवर्तन गरिएको छैन । कुसाकमा फिचर्स अपडेट भएको यो दोस्रो पटक हो ।
सेमिकन्डक्टरको विश्वव्यापी अभाव चुलिँदै गएपछि कम्पनीले यसअघि एक्टिभ पिस र एम्विसन क्लासिक भेरियन्टमा टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम र अटोमेटिक क्लाइमेट कन्ट्रोल लगायत फिचर्स हटाएको थियो । जसमध्ये एक्टिभ पिसलाई कम्पनीले फेज आउट गरिसकेको छ भने एम्विसन क्लासिक भेरियन्टमा पछि अतिरिक्त शुल्क लिएर यी फिचर्स जडान गरिदिने वाचा गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...