क्रसफायरले पनि बढायो मोटरसाइकलको मूल्य, तीन मोडलको मूल्यमा भारी रकम वृद्धि

काठमाडौं – क्रसफायरको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल एक्स्पोर्ट एन्ड इम्पोर्ट प्रालिले तीन मोडलका मोटरसाइकलको मूल्यमा भारी रकम वृद्धि गरेको छ । बजेटले कर बढाए पश्चात २०० सीसी भन्दा बढी क्षमताका मोटरसाइकलको मूल्य कम्पनीहरुले बढाइरहेका छन् । यसै सन्दर्भमा क्रसफायरले पनि मूल्य बढाएको हो ।

क्रसफायर आरएम २५० को मूल्य पहिले ७ लाख ४८ हजार भएकोमा अब ८ लाख ८८ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी क्रसफायर एचजे २५० को मूल्य ६ लाख ७० हजार भएकोमा अब ७ लाख ७० हजार रुपैयाँ पुगेको छ । त्यसैगरी क्रसफायर ट्रेकर २५० को मूल्य ३ लाख ७५ हजार भएकोमा अब ४ लाख १० हजार रुपैयाँ पुगेको छ ।

यी तीन मोडलका मोटरसाइकलको मूल्यमा क्रमशः १ लाख ४० हजार, १ लाख र ३५ हजार रुपैयाँ वृद्धि भएको हो ।

सरकारले हालै सार्वजनिक गरेको नयाँ बजेटमा २०० सीसी भन्दा माथिका मोटरसाइकलको भन्सार र अन्तःशुल्क वृद्धिको असर यी मोटरसाइकलमा देखिएको हो । यो सेग्मेन्टमा २०० देखि २५० सीसी सम्म २० प्रतिशतले अन्तःशुल्क र १० प्रतिशतले भन्सार वृद्धि गरिएको छ भने २५१ देखि ५०० सीसी सम्म भन्सार ४० प्रतिशत र अन्तःशुल्क १० प्रतिशतले वृद्धि भएको छ ।

२०१ देखि २५० सीसीसम्मका मोटरसाइकलमा २० प्रतिशतले अन्तःशुल्क र १० प्रतिशतले भन्सार वृद्धि भए पश्चात अब यी मोटरसाइकलमा अन्तःशुल्क ८० प्रतिशत र भन्सार ४० प्रतिशत लाग्ने भएको छ ।

त्यसैगरी २५१ देखि ५०० सीसीको हकमा भन्सार ३० प्रतिशतबाट बढाएर ७० प्रतिशत र अन्तः शुल्क ८० बाट बढाएर ९० प्रतिशत बनाइएको छ।

सम्बन्धित समाचारहरू

यस्तो छ भारतमा हालै लन्च गरिएको येज्दी स्क्राम्बलर बाइक

यस्तो छ भारतमा हालै लन्च गरिएको येज्दी स्क्राम्बलर बाइक

येज्दीको मोटरसाइकलले २६ वर्षपछि भारतीय बजारमा पुनरागमन गरेको छ । कम्पनीले...

पुरानो बाइकसँग नयाँ रोयल इन्फिल्ड साट्नेहरुका लागि शुरु भयो एक्सचेन्ज मेला, यस्तो हुनेछ फाइदा

पुरानो बाइकसँग नयाँ रोयल इन्फिल्ड साट्नेहरुका लागि शुरु भयो एक्सचेन्ज मेला, यस्तो हुनेछ फाइदा

काठमाडौं – रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता...

-याली अफ हिमालयाज विजेता साह रोयल इन्फिल्ड नेपालद्वारा सम्मानित

-याली अफ हिमालयाज विजेता साह रोयल इन्फिल्ड नेपालद्वारा सम्मानित

काठमाडौँ – भारतमा सम्पन्न -याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...