पूर्व राजपरिवारले शिकारमा प्रयोग गरेको ५५ वर्ष पुरानो सीजे–५ नेपालको जिप सोरुममा

के तपाईं जिपको फ्यान हुनुहुन्छ ? या जिपको इतिहासमा चाख राख्नुहुन्छ ? यदि हो भने जिपको नक्सालस्थित सोरुममा डिस्प्लेमा राखिएको क्लासिक जिप तपाईंका लागि रोचक हुनसक्छ । हो, नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले जिपको इतिहासमै सबैभन्दा लामो समयसम्म उत्पादन गरिएको मोडल जिप सीजे–५ लाई डिस्प्लेमा राखेको छ ।

के हो सीजे ५?
सन् १९३९ मा पूरै विश्व दोस्रो विश्वयुद्धमा होमिए पनि अमेरिका भने युद्धमा जान तयार थिएन । जल र हवाई सेनामा बलियो अमेरिका स्थल युद्धका लागि घोडा र मोटरसाइकलमा निर्भर थियो । त्यसैले उसले युद्धका लागि भनेर आफैंले स्पेसिफकेसन बनाएर जिपको निर्माण गर्न लगायो, विलिस कम्पनी मार्फत् ।

सन् १९४५ मा दोस्रो विश्वयुद्धको समाप्ती पछि विलिसले सेनाका लागि मात्र होइन, सर्वसाधारणका लागि पनि जिपको उत्पादन थाल्यो जसलाई सीजे अर्थात ‘सिभिलियन जिप’ भन्न थालियो । र जिपको स्वामित्व विलिसबाट हेनरी केसरमा सरेपछि सन् १९५५ बाट सीजे ५ को उत्पादन हुन थाल्यो । ठूलो दुई वटा हेडलाइट र गोलो फ्रन्ट फेन्डर तथा चेप्टो सेभेन स्लट ग्रिलका कारण यसको डिजाइन आकर्षक बनेको थियो ।

सीजे ५ कोरियन वार एम३८ए१ जिपबाट प्रभावित थियो । यसमा गोलो फेन्डर, फलामबाट बनेको हुड र बढी, ठूलो विन्डशिल्ड फ्रेम, एड्जस्टेबल बकेट सिट, ब्याक लिट इन्स्ट्रयुमेन्ट प्यानल र चार जनाको सिटिङ क्षमता जस्ता अपग्रेड गरिएका छन् ।

सन् १९६५ मा सीजे ५ मा विलिसको हुरिकेन इन्जिन थियो जसले १५५ एचपी पावर उत्पन्न गर्छ । सन् १९५५ बाट सुरु भएको सीजे ५ को उत्पादन तीन दशक कायम रह्यो । यसमा ३.७ लिटरको भी६ इन्जिन थियो जसले १५५ एचपी पावर उत्पन्न गथ्र्यो । सीजे ५ मा सानो इन्जिन पनि रहन्थ्यो जसले ७५ एचपी पावर उत्पादन गथ्र्यो ।

सन् १९७२ मा सीजे ५ मा व्यापक परिवर्तन गरियो जस्तो कि यसमा ५.० लिटरको भी८ इन्जिन राखियो । ठूलो इन्जिनलाई अटाउन यसको ह्विलबेस ७६ एमएम थपियो र सीजे ५ अझै ठूलो देखियो । सन् १९७३ बाट भने सीजे ५ मा रेडियो पनि जडान गरियो र १९७५ मा एयर कन्डिसन पनि हालियो । समयको क्रमसँगै नयाँ प्रविधिलाई अँगाल्दै आएको सीजे ५ को उत्पादन अन्ततः सन् १९८३ मा बन्द भयो, सीजे ७ लाई ठाउँ दिनका लागि । यहीँ सीजे ५ बाट प्रभावित पहिलो रेंग्लर (वाईजे)को उत्पादन सन् १९८७ बाट सुरु भएको हो ।

कस्तो छ जिप सोरुममा राखिएको सीजे ५?
जिप सोरुममा राखिएको सीजे ५ को उत्पादन मिति सन् १९६८ हो जुन अमेरिकामा बनेर आएको थियो । बतास समूहले संचालनमा ल्याएको क्लासिक कारको कलेक्सनबाट ल्याइएको यो जिप कसको हो भन्ने स्पष्ट छैन । तथापि यो पूर्व राजपरिवारले शिकारमा प्रयोग गर्न ल्याइएको भन्ने बताइन्छ । यो विशेष सीजे ६ टक्सेडो पार्क मार्क सिरिजको हो । हुड निकाल्न मिल्ने यो जिप ओपन एयर एड्भेन्चरका लागि उपयुक्त मानिन्थ्यो । सेभने स्लट ग्रिलको छेऊमा राखिएको दुई वटा ठूला हेडलाइटले गाडीलाई एग्रेसिभ देखाउँछ । यसको बायाँतिर सीजे ५ को सिग्नेचर मानिने एडिस्नल ह्विल राखिएको छ । भी६ इन्जिन रहेको यो जिप लेफ्ट हेन्ड ड्राइभ हो जसमा जिपको लिजेन्डरी ४ बाई ४ ट्रान्समिसन इन्जिन लगाइएको छ ।

यो मोडल निकै चर्चित थियो जुन खेतीपाती, शिकार वा उद्योगमा पनि प्रयोग हुन्थ्यो । तीस वर्षमा जिपले ६ लाख युनिट सीजे ५ उत्पादन गरेको थियो ।

यदि तपाईंलाई यो ऐतिहासिक जिप हेर्ने मन छ भने तपाईं जिप सोरुममा गएर यसलाई हेर्न, छुन र फोटो समेत खिचाउन सक्नुहुन्छ । र यसको छेऊमा जिपको ८० वर्ष लामो इतिहासमा उत्पादन गरिएको मोडलहरुबारे जानकारी पनि पाउन सक्नुहुनेछ ।

सम्बन्धित समाचारहरू

६० भन्दा बढी सेफ्टी फिचर सहित जिपले लन्च ग-यो शक्तिशाली ७ सीटर एसयूभी मेरिडियन

६० भन्दा बढी सेफ्टी फिचर सहित जिपले लन्च ग-यो शक्तिशाली ७ सीटर एसयूभी मेरिडियन

जिप इन्डियाले आफ्नो बहुप्रतीक्षित थ्री–रो एसयूभी मेरिडियन लन्च गरेको छ ।...

स्कोडा कुशाकको २०२३ मोडल नेपाल आउँदै, शुरुवाती मूल्य ४९ लाख ९० हजारमा खुल्यो वुकिङ

स्कोडा कुशाकको २०२३ मोडल नेपाल आउँदै, शुरुवाती मूल्य ४९ लाख ९० हजारमा खुल्यो वुकिङ

स्कोडा कुशाकको २०२३ मोडल नेपाल आउने भएको छ । नेपालका लागी आधिकारिक...

एमएडब्लु वृद्धि कमर्सियलको पहिलो डिलर मिट सम्पन्न, विभिन्न विषयमा छलफल

एमएडब्लु वृद्धि कमर्सियलको पहिलो डिलर मिट सम्पन्न, विभिन्न विषयमा छलफल

काठमाडौं – फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...