शुरुवाती मूल्य ११ लाख २१ हजार भारुमा लन्च भयो फक्सवागन भर्टस

फक्सवागनले आज भारतीय बजारमा मिड साइज सेडान भर्टस सार्वजनिक भएकोे छ । ३ महिना अघि सार्वजनिक गरी वुकिङ समेत खुल्ला गरिएको यो कारको सुरुवाती मूल्य ११ लाख २१ हजार भारु निर्धारण गरिएको छ । कुल ४ भेरियन्टका साथ लन्च गरिएको यो नयाँ कारले यसअघिको भेन्टोलाई प्रतिस्थापन गर्नेछ । यसको सबैभन्दा महंगो भेरियन्ट जीटी लाइनलाई १७ लाख ९१ हजार भारु पर्ने जनाइएको छ ।

यो नयाँ कारको अगाडि दुईवटा प्रोजेक्टर हेडलाइट सहित एलईडी डीआरएल, ड्युअल स्लेट ग्रिल एयर ड्याम र हेलोजन हेडलाइट दिइएको छ । साथै साइडमा ड्युअल टोन अलोय ह्विल, शार्क फिन एन्टेना, क्रोम इन्सर्ट सहितको डोर ह्यान्डल, कालो ओआरभीएम दिइएको छ । कारको रियरमा एलईडी टेललाइट दिइएको छ ।

भर्टसको लम्बाई ४४८२ एमएम, चौडाइ १७५१ एमएम, उचाई १४७२ एमएम र ह्विलवेस २६५१ एमएम रहेको छ । यो भेन्टो भन्दा ९२ एमएम लामो, ५२ एमएम चौडा, ५ एमएम अग्लो र ९८ एमएम बढी हो ।

फक्सवागनले यो नयाँ कारमा १० इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ठूलो टचस्क्रिन बीडब्ल्यु इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, कनेक्टेड कार टेक्नोलोजी, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कीलेस इन्ट्री, वायरलेस चार्जिङ, रियर एयर कन्डिसन, एम्बियन्ट लाइटिङ, कनेक्टेड कार टेक्नोलोजी, इलेक्ट्रिक सनरुफ, क्रुज कन्ट्रोल, भेन्टिलेटेड फ्रन्ट सिट फिचर दिइएको छ ।

यसमा ४० भन्दा बढी सेफ्टी फिचर दिइएको छ । यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक डिफरेन्सियल सिस्टम, मल्टि–कोलिजन ब्रेक, रियर पार्किङ क्यामेरा, आइएसओफिक्स चाइल्ड सिट माउन्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, एबीएस, ईबीडी, फ्रन्ट र रियर पार्किङ सेन्सर दिइएको छ ।

सो कारमा १।० लिटर टीएसआई टर्बो पेट्रोल इन्जिन जडान गरिएको छ, जसले ११० बीएचपी पावर र १७० एनएमको टर्क जेनेरेट गर्छ । साथै यसमा १।५ लिटर इन्जिन पनि रहेको छ, जसले १५० एचपी पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड म्यानुअल गियरबक्स, ६ स्पिड अटोमेटिक टर्क कन्भर्टर र ७ स्पिड डिएसजी अटोमेटिक गियर समावेश छ ।

यो नयाँ कार अवको केही समयपछि नेपाल आउने संभावना देखिएको छ । हाल सरकारले असार मसान्तसम्मका लागी कम्वस्चन इन्जिनयुक्त गाडीको आयतमाथी प्रतिवन्ध लगाएका कारण उक्त प्रतिवन्ध हट्ने वित्तिकै यो कार नेपाल आउन सक्ने संभावना देखिएको हो ।

सम्बन्धित समाचारहरू

नेपाल भित्रिदै टाइगुन एसयूभी : पूर्वतयारी इभेन्ट बन्यो फक्सवागन डिलर मिट २०२१

नेपाल भित्रिदै टाइगुन एसयूभी : पूर्वतयारी इभेन्ट बन्यो फक्सवागन डिलर मिट २०२१

काठमाडौं – नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल...

८५ वर्ष पहिले स्थापना भएको थियो फक्सवागन

८५ वर्ष पहिले स्थापना भएको थियो फक्सवागन

जर्मन शासक एडोल्फ हिटलरको नेतृत्वमा ८५ वर्ष पहिले सन् १९३७ मे २८ का दिन...

स्कोडा र फक्सवागन इन्डियाको ५० प्रतिशत सेयर खरिद गर्दै महिन्द्रा

स्कोडा र फक्सवागन इन्डियाको ५० प्रतिशत सेयर खरिद गर्दै महिन्द्रा

भारतिय अटो निर्माता महिन्द्राले स्कोडा अटो र फक्सवागन इन्डियाको ५०...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...