सामाजिक सञ्जालमा सक्रिय ५ टु ह्विलर कम्पनीको अवस्था : ६ लाख भन्दा धेरै लाइक
सामाजिक सञ्जालको बढ्दो लोकप्रियतासँगै अहिले प्रायः सबैजसो कम्पनीले...
काठमाडौं – नेपाली बजारमा होन्डा मोटरसाइकल तथा स्कुटर बिक्री–वितरण गरिरहेको स्याकार ट्रेडिङ कम्पनीले सीबी सिरिजका दुई बाइक मध्ये एउटा बाइकमा एकैपटक १ लाख रुपैयाँले मूल्य बढाएको छ ।
होन्डा सीबी हाइनेस ३५० डीएलएक्सको मूल्य पहिले ७ लाख ७५ हजार रहेकोमा अब ८ लाख ४८ हजार ९ सय पुगेको छ भने सीबी ३५० आरएसको मूल्य पहिले ७ लाख ९८ हजार ९ सय रहेकोमा अब ८ लाख ९८ हजार ९ सय रुपैयाँ पुगेको छ ।
सरकारले हालै सार्वजनिक गरेको नयाँ बजेटमा २०० सीसी भन्दा माथिका मोटरसाइकलको भन्सार र अन्तःशुल्क वृद्धिको असर यी मोटरसाइकलमा देखिएको हो । यो सेग्मेन्टमा २०० देखि २५० सीसी सम्म २० प्रतिशतले अन्तःशुल्क र १० प्रतिशतले भन्सार वृद्धि गरिएको छ भने २५१ देखि ५०० सीसी सम्म भन्सार ४० प्रतिशत र अन्तःशुल्क १० प्रतिशतले वृद्धि भएको छ ।
२०१ देखि २५० सीसीसम्मका मोटरसाइकलमा २० प्रतिशतले अन्तःशुल्क र १० प्रतिशतले भन्सार वृद्धि भए पश्चात अब यी मोटरसाइकलमा अन्तःशुल्क ८० प्रतिशत र भन्सार ४० प्रतिशत लाग्ने भएको छ ।
त्यसैगरी २५१ देखि ५०० सीसीको हकमा भन्सार ३० प्रतिशतबाट बढाएर ७० प्रतिशत र अन्तः शुल्क ८० बाट बढाएर ९० प्रतिशत बनाइएको छ।
सामाजिक सञ्जालको बढ्दो लोकप्रियतासँगै अहिले प्रायः सबैजसो कम्पनीले...
काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको नयाँ बाइक होन्डा हाइनेस सीबी ३५०...
होन्डाले आफ्नो लक्जरी सेडान अकोर्डको ११औं जेनेरेसन अपडेट भर्सनमा लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...