रोयल इन्फिल्डको नयाँ मूल्य सूची, क्लासिक ३५० को ७ लाख र मेटियर ३५० को ९ लाख ३५ हजार सम्म

काठमाडौं – नेपालमा रोयल इन्फिल्ड बाइकको आधिकारिक विक्रेता तोकिए पछि पहिलो पटक अल्फा अटोमोटिभ्सले नयाँ मूल्य सूची सार्वजनिक गरेको छ ।

हालै बजेटमार्फत सरकारले २०० सीसी भन्दा बढी क्षमताका मोटरसाइकलको मूल्य बढाए पछि रोयल इन्फिल्डको मूल्य पनि त्यसै अनुसार बढेको छ ।

हाल बिक्रीका लागि उपलब्ध रोयल इन्फिल्डका सबै मोटरसाइकल ३५० सीसीका छन् । बजेट अनुसार सरकारले अहिले २५० देखि ४०० सीसीसम्मको मोटरसाइकलमा ७० प्रतिशत भन्सार र ८० प्रतिशत अन्तःशुल्क लगाएको छ । यसअघि ३० प्रतिशत मात्रै भन्सार लाग्ने गरेकोमा हाल भन्सार शुल्क नै ७० प्रतिशत पुगेको हो ।

हाल सोरुम निर्माणको क्रम चलिरहेको र कमलपोखरीको सिटी सेन्टरमा स्थापित टच प्वाइन्टमार्फत मोटरसाइकल टेस्ट राइड र बुकिङ गर्न सकिन्छ ।

सार्वजनिक गरिएको मूल्य सूची अनुसार क्लासिक ३५० का सबै मोडलको मूल्य ७ लाख रुपैयाँ कायम गरिएको छ । त्यसैगरी ७ मोडलमा उपलब्ध मेटियर ३५० को मूल्य ८ लाख ७५ हजार देखि ९ लाख ३५ हजार रुपैयाँ सम्म तोकिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...