मर्सिडिज ईक्युएसको सेलिब्रेसन संस्करण लन्च, यस्तो छ रेन्ज र फिचर
मर्सिडिज बेन्जले भारतमा इलेक्ट्रिक एसयूभी ईक्युएसको नयाँ सेलिब्रेसन...
काठमाडौं – पहिले ओकाया पावर ग्रुप भनेर चिनिने ओकाया इनर्जी एण्ड ई–मोबिलिटी ग्रुप (ओईईजी) ले नेपालभर विद्युतीय दुई पांग्रे सवारी साधन, चार्जिङ ग्रिड र ब्याट्री स्वेपिङ स्टेशन ल्याउनको लागि वृद्धि–शशीला इलेक्ट्रिकसँग रणनीतिक साझेदारी गरेको छ ।
एक विज्ञप्ति अनुसार यस सम्झौताले वातावरणमैत्री यातायात समाधानहरूको लागि मुलतः नेपाली उपभोक्ताहरुको आवश्यकता र नेपाली बाटो र माटोलाइ सुहाउने स्कुटर भित्र्याउने छ । ५० भन्दा बढी देशहरूमा चार दशकको विशेषज्ञता र उपस्थितिबाट परिमार्जित, ओईईजीको पछिल्लो उत्पादन ओकाया ईभी नेपालमा एकदमै नयाँ, शक्तिशाली र बहुउपयोगी हुने कुरामा विश्वस्त भएको बताएको छ ।
यी स्कुटरहरुमा ४.४ किलोवाट आवरको कुनै अन्य ई–स्कुटरमा फिट गरिएको भन्दा उच्चतम क्षमताको ब्याट्री उपलब्ध हुन्छ, जसले सिंगल चार्जमा १४० देखि १६० किलोमिटरको यात्रा र ७० किमी प्रतिघण्टाको उच्च गति प्रदान गर्ने बताइएको छ । अन्य जानकारी कम्पनीले केही समय पछि सार्वजनिक गर्ने जनाएको छ ।
वृद्धिको पचास वर्ष भन्दा बढीको सफल व्यापारिक इतिहास छ । यो ग्रुपको प्राथमिक व्यवसायमा अटोमोटिभ, हेभी इक्विपमेन्ट, व्यापार, उत्पादनका साथै वित्तीय संस्थाहरू र बैंकिङ समावेश छन् ।
शशीला मोटर्स, कमर्सियल गाडीको क्षेत्रको अग्रणी डिलरशिप, एक माइलस्टोन सेन्टर हो जसले सञ्चालनको सात वर्ष भित्र ६ हजार भन्दा बढी गाडीहरू बिक्री गरेको छ । किया मोटर्सको डिलरशिप र विभिन्न विश्वव्यापी हेभी उपकरण ब्रान्डहरू यसका अन्य सहकार्यहरू हुन् जसले यसको ग्राहक–केन्द्रित दृष्टिकोणका लागि धेरै प्रशंसा जितेको बताएको छ ।
मर्सिडिज बेन्जले भारतमा इलेक्ट्रिक एसयूभी ईक्युएसको नयाँ सेलिब्रेसन...
भारतको सवैभन्दा पुरानो र ठूलो इलेक्ट्रिक टु ह्विलर निर्माता हिरो...
धेरै प्रतिष्ठित बाइक निर्माता कम्पनीहरु इलेक्ट्रिक स्कुटर उत्पादनमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...