पुरानो मोडलमा कस्मेटिक अपडेट गरी स्कर्पियो क्लासिक लन्च गर्दै महिन्द्रा

भारतीय अटो निर्माता महिन्द्रा एण्ड महिन्द्राले आफ्नो लोकप्रिय एसयुभी स्कर्पियोको पुरानो मोडलमा कस्मेटिक अपडेट गरी क्लासिक मोडल लन्च गर्ने तयारी थालेको छ । केहीदिन पहिलेमात्र सार्वजनिक गरिएको नयाँ स्कर्पियो–एनलाई यसै महिनाको २७ तारिखमा लन्च गर्ने औपचारिक उद्घोष गरेको कम्पनीले यसअघिको पुरानो मोडललाई नयाँ भर्सनमा निरन्तरता दिन लागेको हो ।

हाल कारोबार भैरहेको यसको ५ वटा भेरियन्ट एस३ प्लस, एस५, एस७, एस९ र एस११ भध्ये ३ वटा भेरियन्टलाईमात्र अपडेट गरेर क्लासिक भर्सनमा उतार्न लागिएको जनाइएको छ । यसअघिको २.२ लिटर डिजेल इन्जिनलाई नै निरन्तरता दिइने यो अपडेटेड मोडलमा नयाँ एलोई ह्विल उपलब्ध हुनुको साथै ग्रिल तथा वम्परमा समेत परिमार्जन गरिनेछ ।

यो अपडेटेड मोडल अवको केही समयभित्रै लन्च हुने अपेक्षा गरिएको छ । महिन्द्राको लाइनअपमा सबैन्दा सफल मोडलका रुपमा स्थापित स्कर्पियोको पुरानो मोडललाई समेत जिवितै राख्न कम्पनीले हाल कारोबर भैरहेको मोडलको इन्टेरियर र एक्सटेरियर जस्ता पक्षमा सामान्य परिमार्जन गरी नयाँ भर्सन उतार्न लागेको अनुमान लगाइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...