४९० किलोमिटर रेन्ज दिने रेट्रो डिजाइनको नयाँ इलेक्ट्रिक कार आउने

इलेक्ट्रिक भेइकल स्टार्टअप कम्पनी ओलम्पियन मोटर्सले रेट्रो डिजाइनको नयाँ इलेक्ट्रिक कार ल्याउने भएको छ । कम्पनीले यो कारमा पछिल्लो प्रविधीमा आधारित इलेक्ट्रिक टेक्नोलोजीलाई प्रयोगमा ल्याउने भएको छ । सोहि क्रममा कम्प्नीले क्लासिक लुक्समा आधारित पहिलो मोडल ओ१ को भिडियो टिजर समेत सार्बजनिक गरिसकेको छ ।

यो इलेक्ट्रिक कारमा ८२ किलोवाट आवरको व्याट्री प्याक जडान गरिनेछ र यसलाई एकपटक फूल चार्ज गरेपछि ४९० किलोमिटर रेन्ज प्राप्त गर्न सकिने दावी गरिएको छ । रियर ह्विल ड्राइभको यो कारलाई २५७ किलोमिटर प्रतिघन्टाको उच्चतम गतीमा हाँक्न सकिनेछ ।

टाइटानियम र मिलिटरी ग्रेडको कार्वन फाइवर प्यानलको प्रयोग गरी निर्माण गरिने यो कारमा ९ वटा एयर व्याग उपलब्ध हुने जनाइएको छ । सामान्य दुर्घटना पर्दा समेत सिसालाई कुनै असर नपरोस भनेर यसको ग्लास क्यानोपी र झ्यललाई लेमिनेट गरिएको छ । ‘ओल्ड स्कुल’ स्टाइललाई प्रतिविम्वित गर्न यो कारमा इन्फोटेन्मेन्ट सिस्टम अर्थात डिजिट क्लस्टर भने उपलव्ध गराइएको छैन । इन्फोटेन्मेन्ट लगायत अन्य फिचर्स प्रयोग गर्न यसको विन्डसिल्डमा ‘हेड अप डिस्प्ले’ दिइएको छ । भ्वाइस कमान्ड मार्फत नै सम्पूर्ण फिचर्स प्रयोग गर्न सकिने यो अत्याधुनिक सुविधायुक्त कारमा ८० प्रतिशतभन्दा बढी स्विचहरु हटाइएको छ ।

यो नयाँ कारको उत्पादन कहिलेदेखी प्रारम्भ हुन्छ भन्ने विषयमा कुनै जानकारी नदिइएपनि यसको वुकिङ भने खुल्ला गरिएको छ । १ लाख डलर मूल्य पर्ने यो कारलाई ग्राहकले ५ सय डलर भुक्तानी गरेर बुकिङ लिनसक्ने व्यवस्था मिलाइएको छ ।

सम्बन्धित समाचारहरू

टेस्ला मोडल ३ लाई माथ दिने दिपल एल०७, नाडामा प्रदर्शन गरिने गाडीमा के छन् विशेष फिचर ?

टेस्ला मोडल ३ लाई माथ दिने दिपल एल०७, नाडामा प्रदर्शन गरिने गाडीमा के छन् विशेष फिचर ?

११ भाद्रबाट सुरु हुने नाडा अटो सोमा विभिन्न ब्रान्डहरुले नयाँ नयाँ...

चल्दै छ चेम्बर एक्सपो, सवारी साधन देखि अन्यको आकर्षण

चल्दै छ चेम्बर एक्सपो, सवारी साधन देखि अन्यको आकर्षण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको ‘चेम्बर एक्स्पो...

इलेक्ट्रिक कारमा अफर : नगद छुटदेखी उपहारमा स्कुटर र वम्परमा एसयुभी सम्म

इलेक्ट्रिक कारमा अफर : नगद छुटदेखी उपहारमा स्कुटर र वम्परमा एसयुभी सम्म

काठमाडौं– इलेक्ट्रिक कार बिक्री गर्ने कम्पनीको उपस्थिती वढेसंगै यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...