यी हुन् नेपालमा भएका १५ सय सीसी माथिका कार र एसयूभी, १० लाख सम्म मूल्य बढ्न सक्ने
आगामी आर्थिक वर्षको बजेटमा सरकारले १५ सय सीसीमाथीका कारमा ७ प्रतिशत...
जर्मन शासक एडोल्फ हिटलरको नेतृत्वमा ८५ वर्ष पहिले सन् १९३७ मे २८ का दिन फक्सवागनको स्थापना भएको थियो । हिटलरले आफ्ना देशवासीलाई परिचालन गर्ने प्रयासमा कारको उत्पादन गर्ने कार्य भने सन् १९३६ मा नै सुरु भइसकेको थियो । हिटलरले अत्यन्त किफायती, अत्यधिक भरपर्दो अटोमोबाइल उत्पादन गर्ने लक्ष्य राखेका थिए । सोही लक्ष्यका कारण फक्सवागन कार निर्माण गरेका थिए । जसलाई पहिला “जनताको कार“ भनिएको थियो । सो कार फक्सवागन टाइप १ कार थियो, जसलाई प्रायः बग वा बिटल पनि भनिन्छ ।
तत्कालीन नाजी शासक हिटलरले सन् १९३४ मा अस्ट्रियाका अटोमोटिभ इन्जिनियर फर्डिनान्ड पोर्शलाई यो कार निर्माणका लागि नेतृत्व गर्न नियुक्त गरे । उनलाई एयरकुल्ड इन्जिन भएका साना कारमा गहिरो रुचि थियो र हिटलरले चाहेको पनि यही थियो । विश्वयुद्ध सुरु हुनुभन्दा अघि नै फर्डिनान्ड पोर्शले कारका धेरै प्रोटोटाइप जारी गरे र १९३८ मा सानो मात्रामा एसेम्बली लाइनबाट काम सुरु भयो ।
फक्सवागन टाइप १ को युद्धको अन्त्य पछि ठूलो मात्रामा उत्पादन सुरु भएको थियो । वुल्फ्सबर्गमा रहेको फक्सवागन प्लान्ट १९४० र १९५० को दशकको उत्तराद्र्धमा जर्मनीको पुनर्निर्माणको केन्द्र बन्यो ।
फक्सवागनको सो बिटल कार लामो समय सम्म चल्यो । नेपालमा समेत फकसवागन बिटल कार अहिले पनि भिन्टेज कारको रुपमा परिचित छन् । बिटलले अन्ततः मोडल टीलाई सबैभन्दा धेरै उत्पादन गरिएको कारको रूपमा उछिनेको थियो, जबकि २००३ मा अन्तिम कार एसेम्बली लाइनबाट बाहिर नआएसम्म तुलनात्मक रूपमा अपरिवर्तित रहेको थियो । यद्यपि यो धेरै उत्पादित कारको शीर्ष सूचीमा लामो समयसम्म रहन सकेन । हाल यसको उत्पादन बन्द भइसकेको छ ।
आगामी आर्थिक वर्षको बजेटमा सरकारले १५ सय सीसीमाथीका कारमा ७ प्रतिशत...
काठमाडौं– फक्सवागनको नयाँ सेडान कार नेपाल भित्रिएको छ । साउन २१ गतेदेखी...
काठामाडौं– फक्सवागन गाडीको नेपालका लागि आधिकारिक बितरक पूजा इन्टरनेश्नल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...