५९० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार लन्च, ५.७ सेकेन्डमा १०० किमी सम्मको स्पिड

बीएमडब्ल्यु इन्डियाले भारतमा आई४ अल इलेक्ट्रिक सेडान कार लन्च गरेको छ । यसको प्रारम्भिक मूल्य ६९ लाख ९० हजार भारु राखिएको छ । आई४ बीएमडब्ल्यु इन्डियाको भारतमा दोस्रो इलेक्ट्रिक कार हो । कम्पनीले अघिल्लो वर्ष आईएक्स एसयूभी लन्च गरेको थियो । सो एसयूभी ईड्राइभ ४० र एम५० एक्सड्राइभ गरी २ भेरिएन्टमा लन्च गरिएको छ ।

बीएमडब्ल्यु आई ४ क्लर आर्किटेक्चरमा आधारित छ । इलेक्ट्रिक कार भएकाले यसमा मेस ग्रिलको सट्टामा बडी प्लेट उपलब्ध छ । फ्रन्टमा इन्टिग्रेटेड एलईडी डेटाइम रनिङ लाइट सहित स्लिक कोरोना एलईडी हेडल्याम्प उपलब्ध छ ।

बीएमडब्ल्यु आई ४ एक प्रिमियम इन्टेरियरको साथ उपलब्ध छ जसलाई बीएमडब्ल्यु कब्र्ड डुअल–स्क्रिन सेटअपद्वारा हाइलाइट गरिएको छ । यसमा १२.३ इन्चको ड्राइभर डिस्प्ले र १४.९ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, वायरलेस चार्जिङ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रोनिक रूपमा सञ्चालित फ्रन्ट सिट, इलेक्ट्रिक सनरुफ र कनेक्टेड कार जस्ता फिचर उपलब्ध छ ।

बीएमडब्ल्यु आई ४ मा ८३.९ केडब्ल्युएचको लिथियम–आयोन ब्याट्री जडान गरिएको छ । यो इलेक्ट्रिक कार रियर ह्विल ड्राइभ हो । सो एसयूभीले ५२१ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले दाबी गरेको छ । ईड्राइभ४० भेरिएन्टको मोटरले अधिकतम ३३५ बीएचपीको पावर र ४३० एनएमको टर्क जेनेरेट गर्छ । यसले ५.७ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघन्टाको गति लिन सक्छ ।

बीएमडब्ल्यु आई४ को एम५० एक्सड्राइभ भेरिएन्टमा २ वटा समान इलेक्ट्रिक मोटर भएको भर्सन हो । जसले ५४४ पीएसको पावर र ७९५ एनएमको टर्क जेनेरेट गर्छ । यसले एक पटक चार्जमा ५९० किलोमिटरको रेन्ज प्रदान गर्छ ।

सम्बन्धित समाचारहरू

३ सय किलोमिटर रेन्ज दाबी गरिएका ४ इलेक्ट्रिक कार नेपालमा, यस्तो छ मूल्य र पर्फमेन्स

३ सय किलोमिटर रेन्ज दाबी गरिएका ४ इलेक्ट्रिक कार नेपालमा, यस्तो छ मूल्य र पर्फमेन्स

अटो बजारमा अहिले इलेक्ट्रिक कार सर्बाधिक चर्चाको बिषय बनिरहेको छ ।...

दुई रिमुभेवल ब्याट्रीको साथमा ओला गिग र एस१ जेड इलेक्ट्रिक स्कुटर लन्च

दुई रिमुभेवल ब्याट्रीको साथमा ओला गिग र एस१ जेड इलेक्ट्रिक स्कुटर लन्च

ओला इलेक्ट्रिकले भारतीय बजारमा दुई नयाँ इलेक्ट्रिक स्कुटर गिग र एस१ जेड...

लुयान नेपालले ल्यायो विन्टर राइड अफर, स्कुटर किन्दा यस्तो छ फाइदा

लुयान नेपालले ल्यायो विन्टर राइड अफर, स्कुटर किन्दा यस्तो छ फाइदा

काठमाडौं–लुयान नेपालले विन्टर राइड अफर ल्याएको छ । उक्त अफर अन्तर्गत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...