टोयोटाले आफ्नो नयाँ हाइब्रिड एसयूभीको नाम टोयोटा हाइराइडर राख्ने, हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्ने

मिड साइज एसयूभीको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै टोयोटा किर्लोस्कर मोटरले आगामी महिनामा नयाँ मोडल ल्याउने भएको छ । सो एसयूभीको कोड नेम डी२२ हुनेछ । टोयोटाले सो नयाँ एसयूभी जुनमा सार्वजनिक गर्नेछ र यो वर्षको फेस्टिभ सिजनमा लन्च गर्नेछ ।

टोयोटाले सो एसयूभीको लागि सुजुकीसँग साझेदारी गर्नेछ । टोयोटाको यो एसयूभी सुजुकीसँगको साझेदारीमा डिजाइन र विकास हुने पहिलो उत्पादन मोडल हुनेछ । यद्यपि कम्पनीले आफ्नो आगामी एसयूभीको बारेमा केही जानकारी दिएको छैन । तर, मिडिया रिपोर्टका अनुसार यो एसयूभीको नाम टोयोटा हाइडर हुनेछ ।

मारुती सुजुकीले क्रेटासँग प्रतिस्पर्धा गर्न नयाँ एसयूभी ल्याउने तयारी गर्दैछ जसको कोडनेम वाईएफजी राखिएको छ । डिजाइनको हिसाबले नयाँ टोयोटा हाइराइडर एसयूभी मारुती सुजुकीको आगामी मिड साइज एसयूभी भन्दा फरक देखिनेछ । यद्यपि दुबै मोडलको प्लेटफर्म, डिजाइन एलिमेन्ट र पावरट्रेन सेटअप समान रहनेछ ।

मिडिया रिपोर्टका अनुसार टोयोटा हाइराइडरमा १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन समावेश गरिने छ । यसमा ५९ केडब्ल्युएच इलेक्ट्रिक ब्याट्री प्याक जडान गरिनेछ । जसले लगभग ११४ बीएचपीको पावर जेनेरेट गर्नेछ । पेट्रोल युनिटले करिब १२० एनएम टर्क जेनेरेट गर्नेछ भने इलेक्ट्रिक मोटरले १४१ एनएम टर्क जेनेरेट गर्नेछ । यो एसयूभी हाइब्रिड र प्योर ईभी मोडमा चल्नेछ ।

टोयोटाको नयाँ एसयूभीले २६ किलोमिटर प्रतिलिटरभन्दा बढी माइलेज दिने दाबी गरिएको छ । टोयोटा हाइराइडर एसयूभी कम्पनीको टीएनजीए प्लेटफर्ममा ठूलो मात्रामा निर्माण गरिनेछ । यसको उत्पादन बैंगलोर नजिकैको टोयोटाको बिदादी प्लान्टमा हुनेछ ।

नयाँ मिड साइज एसयूभीमा कनेक्टेड कार टेक, ३६० डिग्री क्यामेरा, हेड–अप डिस्प्ले, वायरलेस स्मार्टफोन चार्जिङ, सनरुफ, वायरलेस चार्जिङ, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर लगायत धेरै एड्भान्स फिचर उपलब्ध हुनेछ । टोयोटाको सो एसयूभीले हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

ग्रेटवालका गाडी किन्दा शानदार नववर्ष २०८१ को अफर : मोडल अनुसार १० लाख सम्म छुट

ग्रेटवालका गाडी किन्दा शानदार नववर्ष २०८१ को अफर : मोडल अनुसार १० लाख सम्म छुट

काठमाडौं – नेपालका लागि ग्रेटवाल मोटर अर्थात जीडब्लुएमको आधिकारिक वितरक...

एमजी जेडएस इभीको फेसलिफ्ट मोडल सार्बजनिक, ठूलो ब्याट्री प्याक र प्रिमियम फिचर्स थप

एमजी जेडएस इभीको फेसलिफ्ट मोडल सार्बजनिक, ठूलो ब्याट्री प्याक र प्रिमियम फिचर्स थप

एमजी मोटर्सले २०२२ जेडएस इभीको फेसलिफ्ट मोडल सार्बजनिक गरेको छ । भारतीय...

२०३० सम्ममा विश्वको सबैभन्दा ठूलो ईभी उत्पादक बन्ने भारतको महत्वकांक्षा

२०३० सम्ममा विश्वको सबैभन्दा ठूलो ईभी उत्पादक बन्ने भारतको महत्वकांक्षा

विश्वको तेस्रो ठूलो अटो बजार भारत अव ईभी उत्पादनमा समेत आक्रमक बन्ने भएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...