कोमाकी स्कुटर र बाइकमा ३९ हजारसम्म छुट
काठमाडौं– इलेक्ट्रिक टु–ह्विलर ब्राण्ड कोमाकीले नगद छुट अफर ल्याएको छ ।...
कारको ब्रेक प्याडल थिच्दा हाइड्रोलिक ब्रेक प्याडले प्रत्येका पांग्रामा लगाइएको डिस्क ब्रेक वा ड्रम ब्रेकमा घर्षण पैदा गर्छ । घर्षणको कारण कारको गति सुस्त हुन्छ भने यस प्रक्रियाका कारण ब्रेक तातिने पनि गर्छ । रिजेनेरेटिभ ब्रेकिङले भने यसरी कारको गति कम हुँदा निस्कने ऊर्जाको प्रयोग गरी ब्याट्रीलाई चार्ज गर्न सहयोग गर्छ ।
सामान्य कारमा ब्रेक लगाउँदा निस्कने ऊर्जा खेर जान्छ, तर विद्युतीय वा हाइब्रिड कारमा यो ऊर्जा ब्याट्री चार्ज गर्न प्रयोग गर्न सकिन्छ ।
रिजेनेरेटिभ ब्रेकिङ सिस्टम आजकल धेरै आधुनिक कारहरुमा प्रदान गरिएको हुन्छ । पेट्रोल र डिजेल कारमा यसको सहयोगले विभिन्न इलेक्ट्रोनिक कम्पोनेन्टहरू चलाउने ब्याट्री चार्ज गर्न सकिन्छ । यसले कारमा इन्धन खपत कम गर्छ । यद्यपि, इलेक्ट्रिक र हाइब्रिड कारहरूमा रिजेनेरेटिभ ब्रेकिङको प्रयोग भने ब्याट्री चार्ज गर्नका लागि गरिन्छ ।
रिजेनेरेटिभ ब्रेकिङले कसरी गर्छ काम ?
विद्युतीय वा हाइब्रिड कारमा रहेको विद्युतीय मोटरले दुई किसिमले काम गर्छ – एउटा पांग्रा चलाउन र कारको गति बढाउन तथा अर्को ब्याट्री रिचार्ज गर्न । जब तपाईँले कारको एक्सेलेटरबाट आफ्नो खुट्टा निकालेर ब्रेक पेडललाई दबाउनुहुन्छ, रिजेनेरेटिभ ब्रेकिङ प्रणाली सक्रिय हुन्छ र ब्याट्री चार्ज गर्न थाल्छ । यसका लागि कारको मोटरमा रिजेनेरेटिभ ब्रेकिङ प्रणाली जडान गरिएको हुन्छ ।
यो प्रक्रिया शुरु भए पछि कारको गति पनि कम हुन्छ । कार कम्पनीहरुले विभिन्न तरिकाले यो सिस्टमलाई अलग अलग तरिकाले सेट गरेका हुन्छन् । रिजेनेरेसको तीव्रतालाई पनि प्रोग्रामको रुपमा सेट गर्न सकिन्छ ।
कारमा मात्र नभएर इलेक्ट्रिक स्कुटर र बाइकमा समेत यो प्रविधिको प्रयोग भएको हुन्छ ।
काठमाडौं– इलेक्ट्रिक टु–ह्विलर ब्राण्ड कोमाकीले नगद छुट अफर ल्याएको छ ।...
लगातार तीन पटक सम्म चठ्याङ लाग्दा पनि बीवाईडीको गाडी चट्याङबाट बच्न सफल...
काठमाडौं – सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सरिना जी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...