यी हुन् नेपाली बजारमा उपलब्ध धेरै रेन्ज दिने इलेक्ट्रिक स्कुटर

नेपाली बजारमा धेरै ब्रान्डका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । सरकारले हालै पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरिएसँगै धेरैको मनमा यस्ता इलेक्ट्रिक स्कुटरप्रति आकर्षण बढ्ने अनुमान गरिएको छ ।

यस्ता स्कुटरमा प्योर ईभी, नियू, याडिया, ओकिनावा, सुपरसोको, टेलजी र लेभ्निङ लगायत ब्रान्ड बढी चर्चित मानिन्छन् । यी स्कुटर गुणस्तर, माइलेज र फिचर्सका कारण चर्चित बनेका हुन् ।

इलेक्ट्रिक स्कुटरको कुरा गर्दा यस्ता स्कुटरको मूल्य र माइलेज बढी प्राथमिकतामा पर्ने गरेका छन् । यसमा पनि माइलेज सर्बाधिक चासोको बिषय बन्ने गरेको छ । यसै सन्दर्भमा हामीले माथि उल्लेख गरिएका ब्रान्डको स्कुटरलाई एकपटक फुल चार्ज गर्दा प्राप्त हुने माइलेज अर्थात रेन्जका विषयमा जानकारी दिने प्रयास गरेका छौ ।

नेपाली बजारमा सर्बाधिक लोकप्रिय मानिएको इलेक्ट्रिक स्कुटर नियूको ४ वटा मोडल उपलब्ध रहँदै आएको छ । जसमध्ये एनक्युआई मोडलले ५० देखि ८० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । यसकै अर्को मोडल एनक्युआई जीटीले ९० देखि ११०, एमक्युआई प्लसले ५५ देखि ८५ र गोभाले ६४ देखि ७४ किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । यी स्कुटरको मूल्य २ लाख ५५ हजारदेखि ४ लाख ४५ हजार रुपैयाँसम्म पर्छ ।

नियूपछिको अर्को लोकप्रिय ब्रान्ड प्योरी ईभीको २ वटा मोडल उपलब्ध छ । जसमध्ये इप्लुटो ७जीले ११६ र इन्ट्रान्स निओले ९० देखि १२० किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । यी स्कुटरको मूल्य २ लाख ४९ हजार र २ लाख २९ हजार रुपैयाँ पर्छ ।

अर्को प्रिमियम ब्रान्ड याडियाको ३ वटा मोडल उपलब्ध रहँदै आएको छ । जसमध्ये सि१एस र जी५ ले ८० किलोमिटर र एस–लाइकले ६० किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । यी स्कुटरको मूल्य २ लाख ४५ हजारदेखि ३ लाख ६५ हजार रुपैयाँसम्म पर्छ ।

भारतीय ब्रान्ड ओकिनावाले ५ वटा मोडलका यस्ता स्कुटर कारोबार गर्दै आइरहेको छ । जसमध्ये आई–प्रेज प्लसले १३९, प्रेज प्रोले ८८, रिज प्ल्सले ८४, आर३० र लाइटले ६० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । यी स्कुटरको मूल्य १ लाख ७० हजारदेखि ३ लाख ४० हजार रुपैयाँसम्म पर्छ ।

सबैभन्दा बढी रेन्ज भित्र्यएको टेलजीसँग अहिले ७ वटा मोडलका यस्ता स्कुटर उपलब्ध रहँदै आएको छ । जसमध्ये एलएस०१ ले ६० देखि ८०, एलएक्स०१, एलएक्स०२, एलएक्स०३, एलएक्स०४, एलएक्स०५ र एलएक्स०६ ले ७५ देखि १५० किलोमिटरसम्म र अर्को मोडल एलएक्स०८ ले ८० देखि १२० किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । यी स्कुटरको मूल्य २ लाख ९ हजारदेखि ४ लाख २९ हजार रुपैयाँसम्म पर्छ ।

त्यसैगरी टेलीजीका दुई स्कुटर लायन र टाइगरले क्रमश ९० र ९५ किलोमिटर रेन्ज दिन्छ भने अर्को प्रिमियम ब्रान्ड सुपरसोकोका सिपिएक्स र सियूएक्सले क्रमशः १ सय र ८५ किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । यी दुई ब्रान्डमध्ये टेलजीको मूल्य १ लाख ८५ हजार र १ लाख ९५ हजार पर्छ भने अर्को सुपरसोकोको २ लाख ३९ हजार देखि ५ लाख ८९ हजार रुपैयाँसम्म पर्छ ।

नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म छ ।

सम्बन्धित समाचारहरू

क्रेटा ईभीको रेन्ज २५ किमी सम्म बढ्ने, सर्भिस सेन्टरमा सम्पर्क गर्न हुन्डाई नेपालको आग्रह

क्रेटा ईभीको रेन्ज २५ किमी सम्म बढ्ने, सर्भिस सेन्टरमा सम्पर्क गर्न हुन्डाई नेपालको आग्रह

काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी...

मेयर र मिस इन्टरनेसनल नीति शाहबाट सुर्खेतमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुम उद्घाटन हुँदै

मेयर र मिस इन्टरनेसनल नीति शाहबाट सुर्खेतमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुम उद्घाटन हुँदै

नेपाली बजारमा लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको बज्र...

तीन भेरियन्टमा आउने भयो एक्सयूभी ४०० इभी, मूल्य २ महिनापछि सार्वजनिक गरिने

तीन भेरियन्टमा आउने भयो एक्सयूभी ४०० इभी, मूल्य २ महिनापछि सार्वजनिक गरिने

महिन्द्राले हालसालै सार्वजनिक गरेको आफ्नो पहिलो इलेक्ट्रिक एसयूभीलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...