लेभ्निङ इलेक्ट्रिक स्कुटरको सोरुम भिजिट गर्दा सलमान खान शो टिकटका साथै इलेक्ट्रिक स्कुटर पाइने

काठमाडौं – नेपाली बजारमा उपलब्ध प्रसिद्ध चिनियाँ इलेक्ट्रिक स्कुटर लेभ्निङको सोरुम भ्रमण गर्दा समेत सलमान खान शो को टिकट पाउन सकिने भएको छ । त्यसैगरी एक जनाले लेभ्निङ इलेक्ट्रिक स्कुटर समेत पाउने सम्भावना छ । नेपालका लागि लेभ्निङ इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले यो स्किम ल्याएको हो ।

यस अनुसार लेभ्निङका कुनै पनि सोरुम भिजिट गर्दा लक्की ड्रमार्फत २ वटा सलमान खान शोको टिकट पाउन सकिने छ भने बम्परमा एक जनाले सो इलेक्ट्रिक स्कुटर पाउने छन् । सोरुममा गएर ग्राहकले स्कुटर टेस्ट राइड गर्नुका साथै एउटा फारम भर्नु पर्नेछ ।

आगामी मे २८ अर्थात जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने ‘टुबोर्ग द–बङ द टुर – रिलोडेड’ नामक सलमान खान शोलाई लक्ष्यित गरी यो स्किम ल्याएको बताइएको छ ।

नेपाली बजारमा लेभ्निङका विभिन्न मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । बज्र ग्रुपले नेपाली बजारमा ३० वर्ष भन्दा लामो समय देखि सेवा प्रदान गर्दै आएको छ । लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरणका लागि यसका देशभर ५ सय भन्दा बढी दक्ष कर्मचारीहरुको समूह छ । १० भन्दा बढी डिलर र ७ भन्दा बढी सर्भिस प्वाइन्टमार्फत यसले सेवा प्रदान गरिरहेको छ ।

चीनको सांघाईदेखि १६० किलोमिटर टाढा रहेको जियाङसु प्रान्तको चाङझाउ सहरमा अवस्थित लेभ्निङ ई–बाइकको स्थापना सन् १९९९ मा भएको थियो । लेभ्निङ ई–बाइकले नै लेभ्निङ कम्पनीको स्थापना गरेको थियो । यो चीनको तेस्रो सबैभन्दा ठूलो ईभी उत्पादक कम्पनी हो । यो दुई पांग्रे सवारीका सबै रेन्ज प्रदान गर्ने एक मात्र कम्पनी हो र वार्षिक रुपमा ३० लाख युनिट सवारी साधन उत्पादन गर्छ । त्यसैगरी यो कम्प्पनीका उत्पादन विश्वका ६० भन्दा बढी देशमा निर्यात हुन्छन् र यसरी निर्यात गर्ने दोस्रो ठूलो कम्पनी हो ।

ग्राहक सन्तुष्टिको आधारमा यो कम्पनीले पहिलो स्थान हासिल गरेको छ र जेडी पावरद्वारा यसका लागि ४ पटक पुरस्कृत भइसकेको छ । चीनमा यो कम्पनीका ५ हजार भन्दा बढी आउटलेट संचालित छन् ।

नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म छ ।

काठमाडौं उपत्यकाको नक्साल, भैसेपाटी, बाफल र पाटनका साथै उपत्यका वाहिर धनगढी, पाल्पा र पोखरामा यसको सोरुम रहेको छ भने २० वटा नयाँ सहरमा चाँडै नयाँ सोरुम सञ्चालनमा आउने बताइएको छ ।

सम्बन्धित समाचारहरू

चीनको कार बजारमा ठुलो गिरावट, फेब्रुअरीमा बिक्री ३४ प्रतिशतभन्दा बढी घट्यो

चीनको कार बजारमा ठुलो गिरावट, फेब्रुअरीमा बिक्री ३४ प्रतिशतभन्दा बढी घट्यो

चीनको अटोमोबाइल बजारमा पछिल्लो समय उल्लेखनीय गिरावट देखिएको छ। सन् २०२६...

ओलाले एक वर्षमै बेच्यो ४ लाख युनिट इलेक्ट्रिक स्कुटर, बजाज, टीभीएस र एथरको कति ?

ओलाले एक वर्षमै बेच्यो ४ लाख युनिट इलेक्ट्रिक स्कुटर, बजाज, टीभीएस र एथरको कति ?

ओला इलेक्ट्रिक एक क्यालेन्डर वर्षमा ४ लाख युनिट बिक्री गर्ने भारतको पहिलो...

लिक्विड कुल्ड व्याट्री, गियर वक्स र एविएस भएको पहिलो इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक

लिक्विड कुल्ड व्याट्री, गियर वक्स र एविएस भएको पहिलो इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक

भारतको इभी स्टार्टअप कम्पनी मेटरले नयाँ इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...