यस्ता आकर्षक फिचर सहित लन्च हुँदै स्कोर्पियो–एन

महिन्द्राले अब बजारमा ल्याउने नयाँ एसयूभीको नाम स्कोर्पियो–एन हुनेछ । कम्पनीले पहिले देखि नै भन्दै आएको जेड१०१ कोडनेमको नयाँ जेनेरेसन स्कोर्पियो अब स्कोर्पियो–एन नाममा आउने बताएको छ । त्यसैगरी पहिले देखि नै उपलब्ध स्कोर्पियो अब स्कोर्पियो क्लासिकको रुपमा उपलब्ध हुनेछ ।

स्कोर्पियो–एन हालको स्कोर्पियो भन्दा माथि र महिन्द्रा एक्सयूभी ७०० भन्दा तलको लाइनअपमा हुनेछ । लामो सयमको प्रतीक्षापछि महिन्द्राले सो एसयूभी जुन २७ मा लन्च गर्ने अपेक्षा गरिएको छ । यो भन्दा पहिले जुन २० मा सार्वजनिक गर्ने अनुमान गरिएको थियो ।

नयाँ स्कोर्पियो पुरानो मोडलको तुलनामा एकदम नयाँ हुनेछ । एसयूभीमा क्रोम स्लेटसहितको नयाँ रेडिएटर ग्रिल, नयाँ एलईडी हेडल्याम्प युनिट, फग ल्याम्प हाउसिङको वरिपरि सी आकारको एलईडी डीआरएल र फ्रन्ट स्किड प्लेट हुनेछ । साथै सो एसयूभीमा फ्लेर्ड ह्विल आर्क, साइड टेल गेट, अलोय ह्विलका लागि नयाँ डिजाइन र ठाडो टेललाइट हुनेछ ।

नयाँ महिन्द्रा स्कोर्पियोमा पुरानै इन्जिनको विकल्प हुने अपेक्षा गरिएको छ । यसमा २.० लिटर टर्बो पेट्रोल इन्जिन र २.२ लिटर टर्बो डिजेल इन्जिन समावेश छ । यी दुबै पावरट्रेन म्यानुअल र अटोमेटिक गियरबक्समा पेश गर्ने सम्भावना छ ।

नयाँ स्कोर्पियोमा बिग टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता फिचर दिइने बताइएको छ । यसबाहेक स्कर्पियोमा क्लाइमेट कन्ट्रोल, फ्यान स्पिड कन्ट्रोल, सेकेन्ड लाइन यात्रुका लागि एसी भेन्ट, थ्री स्पिड स्टेयरिङ ह्विल, इलेक्ट्रिक सनरुफ, वायरलेस चार्जिङ, फ्रन्ट डोर स्पिकर, नयाँ इन्स्ट्रयुमेन्ट क्लस्टर, क्रुज कन्ट्रोल, इन्जिन स्टार्ट–स्टप बटन लगायतका फिचर पनि उपलब्ध हुनेछ ।

नयाँ स्कोर्पियोको ड्यासबोर्ड पूर्ण रूपमा परिमार्जन गरिएको छ । कारमा नयाँ डुअल टोन थिम हुनेछ साथै अपहोल्स्ट्री पनि डुअल टोन रङमा उपलब्ध हुनेछ । नयाँ स्कोर्पियोमा क्रुज कन्ट्रोल, फ्रन्ट पार्किङ सेन्सर, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल र ३६० डिग्री क्यामेरा जस्ता फिचर हुनेछ ।

सम्बन्धित समाचारहरू

महिन्द्रा केयरफेस्ट २०८२ सुरु, बम्परमा इलेक्ट्रिक स्कुटर जित्ने अवसर

महिन्द्रा केयरफेस्ट २०८२ सुरु, बम्परमा इलेक्ट्रिक स्कुटर जित्ने अवसर

काठमाडौं-अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रालिले ‘महिन्द्रा...

लन्च भएको १ वर्षपछि वुकिङ खुल्यो स्कर्पियो एनको, नेपाल आउन किन भयो ढिलाई ?

लन्च भएको १ वर्षपछि वुकिङ खुल्यो स्कर्पियो एनको, नेपाल आउन किन भयो ढिलाई ?

गत वर्षको असार महिनामा नेपाल, भारत र दक्षिण अफ्रिकामा एकसाथ लन्च गरिएको...

महिन्द्राको दुई उत्कृष्ट इलेक्ट्रिक एसयूभी एक्सईभी ९ई र बीई ६ई लन्च, यस्तो छ फिचर

महिन्द्राको दुई उत्कृष्ट इलेक्ट्रिक एसयूभी एक्सईभी ९ई र बीई ६ई लन्च, यस्तो छ फिचर

महिन्द्राले अनलिमिटेड इन्डिया इभेन्टमा भारत र विश्व बजारका एक्सईभी ९ई र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...