६० भन्दा बढी सेफ्टी फिचर सहित जिपले लन्च ग-यो शक्तिशाली ७ सीटर एसयूभी मेरिडियन

जिप इन्डियाले आफ्नो बहुप्रतीक्षित थ्री–रो एसयूभी मेरिडियन लन्च गरेको छ । जिप मेरिडियन एसयूभीको मूल्य म्यानुअल ट्रान्समिसनसहित २९ लाख ९० हजार भारु राखिएको छ । अटोमेटिक ट्रान्समिसन भएको टप–अफ–द–लाइन भेरिएन्टको मूल्य ३६ लाख ९५ हजार भारु तोकिएको छ ।

कम्पनीले जिप मेरिडियन एसयूभीको बुकिङ लामो समयदेखि सुरु गरेको थियो । भारतमा सो एसयूभी खरिदका लागि कम्पनीको आधिकारिक वेबसाइटमा ५० हजार भारु टोकन रकममा बुक गर्न सकिन्छ । नेपाली बजारमा भने सो एसयूभी भविष्यमा आउने अनुमान गर्न सकिन्छ ।

जिप मेरिडियन एसयूभीको लुक जिप कम्पास र ग्रान्ड चेरोकी एसयूभीसँग मिल्दोजुल्दो छ । जिप मेरिडियन एसयूभीको फ्रन्टमा बाई–फंक्शन एलईडी हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डे–टाइम रनिङ लाइटको साथै आकर्षक बम्पर, एलईडी फग ल्याम्पसहितको आइकोनिक सेभेन–स्लेट ग्रिल समावेश गरिएको छ । रियरमा होरिजेन्टल एलईडी टेललाइट, रियर वाइपर र वाशर र इन्टिग्रेटेड रियर स्पोइलर छ । यो एसयूभीमा १८ इन्चको डायमण्ड–कट अलोय ह्वील उपलब्ध छ ।

जिप मेरिडियनमा २.० लिटर ४ सिलिन्डर टर्बोचार्ज्ड डिजेल इन्जिन जडान गरिएको छ । सो इन्जिनले अधिकतम १७० बीएचपी पावर र ३५० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड म्यानुअल गियरबक्स स्ट्यान्डर्ड रुपमा दिइएको छ । यसमा ९ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्ससहित फ्रन्ट ह्विल ड्राइभ र अल ह्विल ड्राइभ दुवै सिस्टममा उपलब्ध छ । एसयूभीमा पेट्रोल इन्जिनको विकल्प उपलब्ध छैन ।

जिप मेरिडियनको लम्बाई ४७६९ एमएम, चौडाइ १८५८ एमएम र उचाई १६९८ एमएम र ह्विलबेस २७९४ एमएम छ । जिप मेरिडियन ३ पंक्ति एसयूभी स्मल वाइड ४X४ प्लेटफर्ममा आधारित छ ।

मेरिडियनमा ३ वटा ड्राइभ मोड स्नो, स्यान्ड/मड र अटो मोड रहेको छ । सो एसयूभीले १०.८ सेकेन्डमा ० देखि १०० किमी प्रतिघन्टाको गति लिन सक्छ र यसको टप स्पिड १९८ किमी प्रतिघन्टा छ ।

जिप मेरिडियनमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटोसँग १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जस्ता फिचर रहेको छ । यसको साथै इलेक्ट्रिकली एडजस्टेबल फ्रन्ट सिट, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, वायरलेस फोन चार्जिङ, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, पानारोमिक सनरुफ, पावरेड टेलगेट र ९ स्पिकर अल्पाइन सोर्स अडियो सिस्टम जस्ता फिचर समावेश छ ।

जिप मेरिडियनमा ६० भन्दा बढी सेफ्टी र सेक्युरिटी फिचर उपलब्ध छ । नयाँ जिप मेरिडियनमा ६ एयरब्याग, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, हिल स्टार्ट र डिसेन्ट कन्ट्रोल, ३६० डिग्री क्यामेरा र अन्य सेफ्टी फिचर छ ।

भारतमा जिप मेरिडियन एमजी ग्लोस्टर, स्कोडा कोडियाक र टोयोटा फच्र्युनर जस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

म्याग्नाइट र कुशाकको सफलता, जसले अनिश्चित बनिसकेको ब्रान्डलाई बनायो स्थापित

म्याग्नाइट र कुशाकको सफलता, जसले अनिश्चित बनिसकेको ब्रान्डलाई बनायो स्थापित

नेपाली अटोबजारमा अहिले २ दर्जन बढी ब्रान्डका सवारीसाधन आयात भैरहेका छन् ।...

प्रि–बुकिङ सहित स्कोडा कुशाक फेसलिफ्ट सार्वजनिक

प्रि–बुकिङ सहित स्कोडा कुशाक फेसलिफ्ट सार्वजनिक

स्कोडाले आफ्नो लोकप्रिय एसयूभी कुशाकको फेसलिफ्ट भर्सन सार्वजनिक गरेको छ ।...

नेपाली बजारमा जेएसी टी८ डबल क्याब पिकअपको खुल्यो बुकिङ, मूल्य ५६ लाख ९९ हजार

नेपाली बजारमा जेएसी टी८ डबल क्याब पिकअपको खुल्यो बुकिङ, मूल्य ५६ लाख ९९ हजार

काठमाडौं – नेपाली बजारमा जेएसीको टी८ २.० लिटर पिकअप ट्रकको बुकिङ खुला...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...