कलंकीमा खुल्यो निसान ड्याटसनको नयाँ सोरुम
काठमाडौं – नेपालमा निसान र ड्याटसन गाडीको आधिकारिक वितरक पायोनियर...
जापनिज अटो निर्माता निशानाले नयाँ इलेक्ट्रिक क्रसओभर आरियालाई सार्बजनिक गर्ने तयारी थालेको छ । हाल यो कारलाई उसले युरोप र अमेरिकाको सडकमा परिक्षण गरिरहेको छ । उक्त परिक्षण सकेपछि यसै वर्षको जुलाई महिना सम्ममा यसको ग्लोवल लन्च गरिने जनाइएको छ ।
१२ वर्षअघि अर्थात सन् २०१० मा नै लिफ सेडानलाई बजारमा उतारीसकेको निशानले ढिलै गरी भएपनि आफ्नो इभी लाइनमा नयाँ मोडल थप्न लागेको हो । निशानले यो नयाँ कारलाई स्ट्यान्डर्ड र लङ रेन्ज भेरियन्टमा उतार्ने तयारी गरेको छ ।
जसमध्ये स्ट्यान्डर्ड भेरियन्टमा ६३ किलोवाट आवर र लङ रेन्ज भेरियन्टमा ८७ किलोवाट आवर क्षमताको व्याट्री प्याक जडान गरिएको छ । यो कारले ३०० माइलसम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।
यो नयाँ इलेक्ट्रिक कार अल ह्विल र फ्रन्ट ह्विल ड्राइभ अप्सनमा उपलब्ध हुनेछ । अटोनेमश ड्राइभिङ सिस्टम उपलब्ध गराइएको यो कारलाई निशानले भविषयमा आधारित डिजाइनको इलेक्ट्रिक कार भनेको छ । जसमा अत्याधुनिक र सुविधासम्पन्न फिचर्सहरु दिइएका छन् ।
यो कारलाई इको, स्ट्यान्डर्ड र स्पोर्टस गरी कुल ३ मोडमा चलाउन सकिन्छ । ड्राइभर इन्फर्मेसन सिस्टम र इन्फोटेन्मेन्टका लागी यसमा १२.३ इन्चको दुईवटा डिस्प्ले उपलब्ध गराइएको छ ।
अन्तराष्ट्र्रिय बजारमा लन्च भैसकेपछि यो कार नेपाल भित्रिने संभावना समेत देखिएको छ । निशानका लागी आधिकारिक वितरक पायोनियर मोटो कर्पले अघिल्लो वर्षदेखी लिफ इभीलाई आयत गरी कारोबार गर्दै आइरहेका कारण पनि यो नयाँ कार ढिलै गरी भएपनि नेपाल अउन सक्ने संभावना देखिएको हो ।
काठमाडौं – नेपालमा निसान र ड्याटसन गाडीको आधिकारिक वितरक पायोनियर...
निसानको सर्बाधिक लोकप्रिय सब कम्प्याक्ट एसयूभी म्याग्नाइट अपडेट भएर आउने...
काठमाडौं – महालक्ष्मी विकास बैंक मार्फत निसान ब्रान्डका गाडी खरिदको लागि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...