यो हो पेट्रोलबाट चल्ने विश्वकै शक्तिशाली कार : उत्पादन सुरु

स्पोर्ट्स कार निर्माता कम्पनी एस्टन मार्टिनले आफ्नो पहिलो एस्टन मार्टिन डीबीएक्स ७०७ एसयूभीको उत्पादन पूरा गरेको छ । सो कार चाँडै नै यसको पहिलो ग्राहकलाई प्रदान गरिनेछ । सो कारको एक्सटेरियर निलो रङमा पेन्ट गरिएको छ ।

एस्टन मार्टिन डीबीएक्स ७०७ एसयूभी विश्वको सबैभन्दा शक्तिशाली पेट्रोल इन्जिन भएको लग्जरी एसयूभी हो । सो एसयूभी डीबीएक्समा आधारित छ तर यसमा एएमजी ट्विन टर्बाे भी८ इन्जिन जडान गरिएको छ । यसको च्यासिस, सस्पेन्शन सेटअप र ब्रेकलाई अपडेट गरिएको छ । सो इन्जिनले ६८७ बीएचपी पावर र ८९८ एनएम टर्क जेनेरेट गर्छ । यस इन्जिनको सहयोगमा यो कारले ३.३ सेकेण्डमा ० देखि १०० किलोमिटर प्रतिघन्टाको गति हासिल गर्न सक्छ र यसको टप स्पिड ३१० किलोमिटर प्रतिघन्टा छ ।

एस्टन मार्टिन डीबीएक्स ७०७ एसयूभीको अगाडि ठूलो फ्रन्ट ग्रिल प्रयोग गरिएको छ, जुन नियमित डीबीएक्स भन्दा लगभग २७ प्रतिशत ठूलो रहेको कम्पनीको भनाइ छ । यो कार तल्लो बम्परमा एयर इन्टेकसहित ल्याइएको हो ।

यो एयर इन्टेकले ८० प्रतिशतसम्म राम्रो एयरफ्लो प्रदान गर्छ । यसले कारलाई उच्च गतिमा डाउन फोर्स प्राप्त गर्न मद्दत गर्छ । नयाँ एस्टन मार्टिन डीबीएक्स ७०७ एसयूभी पुरानो मोडल भन्दा धेरै स्टाइलिश र अधिक आक्रामक देखिन्छ ।

नयाँ एस्टन मार्टिन डीबीएक्स ७०७ को क्याबिनलाई निकै स्पोर्टी डिजाइन गरिएको छ र कम्पनीको सिग्नेचर एस्टन मार्टिन रेसिङ कलर थिममा पेश गरिएको छ । यसमा दिइएको इन्फोटेनमेन्ट स्क्रिन पुरानो मोडल डीबीएक्सबाट लिइएको हो । सो कार ३ लाख डलरमा बिक्री हुनेछ ।

सम्बन्धित समाचारहरू

दुर्घटनामा गाडी क्षतबिक्षत हुँदा पनि यसकारण सकुसल रहे  एक्सयुभी ७०० मा सवार चालक र यात्रु

दुर्घटनामा गाडी क्षतबिक्षत हुँदा पनि यसकारण सकुसल रहे एक्सयुभी ७०० मा सवार चालक र यात्रु

भारतको राजस्थानमा निम्तिएको एक भयानक दुर्घटनामा महिन्द्रा एक्सयुभी ७००...

सेडान भन्दा एसयूभी किन बढी लोकप्रिय ? यस्तो छ चार तथ्य

सेडान भन्दा एसयूभी किन बढी लोकप्रिय ? यस्तो छ चार तथ्य

कार खरिदकर्ताहरु सेडान कार धेरै मन पराउँछन् र सेडान कार हेर्दा लक्जरी कार...

जावा मोटरसाइकलको शोरूम नेपालगन्जमा शुभारम्भ

जावा मोटरसाइकलको शोरूम नेपालगन्जमा शुभारम्भ

काठमाडौं – नेपालका लागि क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...