चांगन ओशान ५२० बन्यो सीएटीएलको स्वाप गर्न मिल्ने ब्याट्री जडित पहिलो विद्युतीय कार
चांगनको ओशान ५२० सेडान कार सीएटीएलको स्वाप गर्न मिल्ने चोको–एसईबी...
बेलायतमा गत वर्ष भन्दा सेकेन्ड ह्यान्ड इलेक्ट्रिक कार किन्ने व्यक्तिहरुको संख्या दोब्बर भएको छ । सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एन्ड ट्रेडर्स (एसएमएमटी) का अनुसार पहिलो तीन महिनामा गत वर्ष ६ हजार ६ सय गाडीको कारोबार भएकोमा यो वर्षको पहिलो तीन महिनामा १४ हजार ६ सय गाडीको कारोबार भएको छ । यो भनेको करिब १२० प्रतिशत बढी हो ।
गत वर्षको कोरोना महामारी र चिप अभावको कारण नयाँ कार पाउन समस्या हुनुका साथै मानिसहरुले सहज तरिकाले पाइने सेकेन्ड ह्यान्ड गाडीतिर आकर्षित भएको भनाइ छ ।
यद्यपि यस्ता सेकेन्ड ह्यान्ड इलेक्ट्रिक सवारी साधनको कमी छ र आगामी दिनमा पनि कमी नै हुने अनुमान गरिएको छ ।
गत वर्षको तुलनामा यस्ता कारको बिक्री ५.१ प्रतिशतले बढेर १७ लाख पुगेको भए पनि प्यान्डेमिक भन्दा पहिले सन् २०१९ को तुलनामा भने अझै पनि कमी नै छ ।
युज्ड कार सम्बन्धी वेबसाइट अटो ट्रेडरले प्रकाशित गरेको छुट्टै तथ्यांकमा २०२० अप्रिलमा यस्ता कारको मूल्य १३ हजार ९ सय पाउन्ड भएकोमा २०२२ अप्रिलमा १७ हजार ४ सय पाउन्ड पुगेको बताइएको छ । यो अवधिमा मास मार्केट सेकेन्ड ह्यान्ड गाडीको मूल्य १८ हजार ५ सयबाट २५ हजार ८ सय पाउन्ड पुगेको बताइएको छ ।
बेलायतका धेरै स्थानमा पेट्रोलियम सवारी साधन चलाउन प्रतिबन्ध छ । त्यसैगरी पुरै देशमा सन् २०३० देखि पेट्रोलियम र २०३५ देखि हाइब्रिड कार चलाउनमा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । यसको कारण पनि नयाँ वा सेकेन्ड ह्यान्ड कार किन्नेहरु बेलायतमा बढिरहेको बताइएको छ ।
चांगनको ओशान ५२० सेडान कार सीएटीएलको स्वाप गर्न मिल्ने चोको–एसईबी...
चीनमा बनेको बीवाईडीको इलेक्ट्रिक कारले सवारी साधन निर्माता कम्पनीहरु...
बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...