इलेक्ट्रिक सवारी साधनको सर्भिसिङ कसरी गरिन्छ ? इन्जिन र जटिल पार्ट्स नभए पनि के मा हुन्छ खर्च ?
इलेक्ट्रिक सवारी साधन अर्थात ईभीले प्रदूषण कम गर्ने र सर्भिसिङको लागि पनि...
एप्पलले अल–इलेक्ट्रिक सेल्फ ड्राइभिङ कारमा काम गरिरहेको छ, जसलाई प्रोजेक्ट टाइटन नाम दिइएको छ । एप्पलले भ्वाइस कमाण्ड सिस्टमबाट आएका आदेशसँग अन्तरक्रिया गर्न सक्ने प्रविधि ल्याउनका लागि आफ्नो मौलिक पेटेन्ट फाइलिङमध्ये एउटा परिमार्जन गरेको दाबी गरेको छ । यसले आइफोन जस्तै काम गर्नेछ ।
एप्पलको यो कार आईफोनसँग कनेक्ट गर्न सकिन्छ । यसलाई आईफोनमा दिइएको सिरी भ्वाइस कमाण्डको साथ चलाउन सक्षम हुनेछ । यो कार एप्पलको सिरी भ्वाइस कमाण्ड सिस्टम जस्ता धेरै उत्कृष्ट फिचरले सुसज्जित हुनेछ । एप्पलको यो कारले भ्वाइस कमाण्ड सुनेर आफैं पार्किङ गर्न सक्नेछ । साथै, यसलाई सही ठाउँमा पुग्ने जस्ता विभिन्न कार्य गर्न सक्षम हुनेछ ।
पेटेन्ट अनुसार गरिएको दावीका आधारमा कारको नेभिगेसन सिस्टमले चालकलाई गन्तव्यको नजिक पु¥याउन मदत गर्नेछ । चालकले कार पार्क गर्न चाहेको ठाउँमा पार्किङ गर्न सक्ने गरी पेटेन्ट अपडेट गरिएको छ । यसमा भ्वाइसबाट चल्ने पर्सनल असिस्टेन्ट सिस्टम सिरी निकै महत्वपूर्ण हुनेछ ।
एप्पलको सो कारले भ्वाइस कमाण्ड मार्फत सिग्नल प्राप्त गर्नेछ । त्यो आदेश प्राप्त भएपछि, कारको सिस्टमले कारमा रहेको क्यामेरा र सेन्सरलाई सही स्थान पत्ता लगाउन र त्यहाँ पुग्न सक्षम बनाउँछ ।
पहिले भनिएको भन्दा यसलाई निकै नै परिमार्जन गरिएको छ । एप्पलले आफ्नो मूल प्याटेन्ट फाइलिङलाई पूर्ण रूपमा खारेज गरिसकेको दाबी समेत गरेको छ र यसलाई नयाँको साथ प्रतिस्थापन गरेको छ । जबकि एप्पल कारको लन्च मिति खुलासा गरेको छैन । यो कार २०२५ मा लन्च हुने अपेक्षा गरिएको छ ।
इलेक्ट्रिक सवारी साधन अर्थात ईभीले प्रदूषण कम गर्ने र सर्भिसिङको लागि पनि...
काठमाडौं – नेपाली बजारमा केही समय पहिले भित्रिएको जीएसी ब्रान्डको एसयूभी...
जर्मन डेलिभरी कम्पनी ‘डीपीडी’ को इलेक्ट्रिक ट्रक फ्युचरिकमले फुल चार्जमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...