टेस्लाको प्रतिस्पर्धी बन्ने लक्ष्य लिएको जिकरको पहिलो एसयूभी एसेम्बली लाइनमा सार्वजनिक
चाइनिज कम्पनी जिकरले पहिलो मास प्रोडक्सन इलेक्ट्रिक भेइकल ‘जिकर एक्स’...
टाटा मोटर्सले नयाँ इलेक्ट्रिक भेइकल प्लेटफर्ममा आधारित नयाँ कन्सेप्ट कार टाटा अभिन्या सार्वजनिक गरेको छ । कम्पनीले सन् २०२५ सम्ममा अभिन्यालाई बजारमा ल्याउनेछ । यो इलेक्ट्रिक कारले ३० मिनेट चार्जमा ५०० किलोमिटरको रेन्ज दिन्छ ।
टाटा मोटर्सका एमडी शैलेश चन्द्रका अनुसार अभिन्या शब्द संस्कृत भाषा हो, जसको अर्थ नवप्रवर्तन (इनोभेसन) हुन्छ । यस नामको अंग्रेजी शब्दमा आईएन पनि आउँछ, जुन भारतको पहिचान हो । चन्द्रले भविष्य र कल्याणको मिलनबाट अभिन्याको सिर्जना भएको बताए ।
टाटा अभिन्याको डिजाइन निकै सरल र कम्प्याक्ट राखिएको छ । कारको स्टेयरिङ ह्विलमा टच प्यानल दिइएको छ र यसबाट कारका सबै फिचरहरू नियन्त्रण गर्न सकिन्छ । कारको ड्यासबोर्ड पनि पूर्णतया साउन्ड बार बनाइएको छ । कारमा हरेक यात्रुको हेडरेस्टमा स्पिकर प्रदान गरिएको छ ।
कम्पनीले सार्वजनिक गरेको टाटा अभिन्याको टिजरमा ड्राइभर र अगाडिको यात्रु सिट ३६० डिग्री घुमाउन सकिने जानकारी दिइएको छ । कारको इन्टेरियरमा कुनै पनि चम्किलो रङ प्रयोग गरिएको छैन ।
टाटा अभिन्याको विन्डस्क्रिन निकै ठूलो छ । यो सनरुफसँग मर्ज हुँदा सिंगल स्क्रिन जस्तो देखिन्छ । यसको अलोय ह्विलहरू टाटा कर्भका ह्विलसँग केही हदसम्म समान देखिन्छ, तर यसको फुल डिजाइनभन्दा फरक छ ।
टाटा अभिन्याको लुक प्रिमियम ह्याचब्याक जस्तो देखिन्छ, तर यसको कार्यक्षमता एमपीभी जस्तै छ र एसयूभी क्रसओभरको रूपमा डिजाइन गरिएको छ । कारको फ्रन्टको ग्रिललाई बोल्ड लुक दिइएको छ, जसले बीएमडब्ल्यु र औडी जस्ता लक्जरी कार जस्तै देखिन्छ ।
टाटा मोटर्सले हालै इलेक्ट्रिक सवारी साधनमा केन्द्रित हुनका लागि टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी नामको नयाँ कम्पनी स्थापना गरेको छ । टाटा अभिन्या यसै कम्पनी अन्तर्गत बनेको हो । टाटा अभिन्यामा टाटा मोटर्सको नयाँ प्रकारको लोगो दिइएको छ ।
चाइनिज कम्पनी जिकरले पहिलो मास प्रोडक्सन इलेक्ट्रिक भेइकल ‘जिकर एक्स’...
टाटाले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयूभी पन्च ईभीको फेसलिफ्ट संस्करण...
नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक चीनको सियानमा आयोजित...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...