भेस्पा र अप्रिलिया स्कुटरको एक्टिभेसन कार्यक्रम सम्पन्न
काठमाडौं–नेपालमा भेस्पा र अप्रिलिया स्कूटरको आधिकारिक विक्रेता डेल्टा...
काठमाडौं – नेपाली बजारमा उपलब्ध भेस्पा र अप्रिलिया स्कुटरको मूल्य बढेकोे छ । नेपालका लागि यी दुई ब्रान्डका स्कुटरको आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्सले सबै मोडलमा २ हजार रुपैयाँको दरले मूल्य बढाएको हो ।
नेपाली बजारमा फरक डिजाइनमा उपलब्ध यी स्कुटर लोकप्रिय समेत छन् । भेस्पाका विभिन्न मोडल मध्ये भेस्पा नट्टे र एलएक्सको मूल्य २ लाख ८५ हजार ९४६ रुपैयाँ पुगेको छ । त्यसैगरी भेस्पा भीएक्सएल १२५ को मूल्य ३ लाख ३५ हजार ९४६ र भीएक्सएल १५० को मूल्य ३ लाख ८७ हजार ९४६ रुपैयाँ छ ।
भेस्पा एसएक्सएल १२५ को मूल्य ३ लाख ४९ हजार ९४६ र एसएक्सएल १५० को मूल्य ४ लाख ३ हजार ९४६ रुपैयाँ छ । एसएक्सएल म्याट १२५ को मूल्य ३ लाख ५१ हजार ९४६ र एसएक्सएल म्याट १५० को मूल्य ४ लाख ५ हजार ९४६ रुपैयाँ छ । त्यसैगरी भेस्पा एलिगेन्टको मूल्य ४ लाख २५ हजार ९४६ रुपैयाँ छ ।
अप्रिलिया स्टोर्म १२५ को मूल्य २ लाख ६५ हजार ९ सय, एसआर १२५ को मूल्य २ लाख ७२ हजार ९ सय, एसआर १५० को मूल्य ३ लाख २१ हजार ४ सय र एसआर १५० को मूल्य ३ लाख ४४ हजार ४ सय रुपैयाँ छ ।
त्यसैगरी अप्रिलिया एसएक्सआर १६० बीएस६ को मूल्य ४ लाख ४६ हजार ९ सय रुपैयाँ छ ।

भेस्पा र अप्रिलिया स्कुटर किन्दा हाल नयाँ वर्ष २०७९ को अवसरमा विभिन्न अफर समेत प्राप्त गर्न सकिन्छ । यस अनुसार स्क्र्याच कार्डमार्फत ७ हजार ५ सय देखि ७५ हजार रुपैयाँ सम्म नगद छुट पाउने सम्भावना हुन्छ ।
विक्ली प्राइजको रुपमा गोसाईकुन्ड हेलीटुर र सामसुङ ए५२एस स्मार्टफोन पाउन सकिन्छ भने बम्पर प्राइजको रुपमा एक जना भाग्यशाली विजेताको जोडीले बाली भ्रमणको अवसर पाउने छन् ।
स्कुटर किन्ने ग्राहकलाई निःशुल्क हेल्मेट र किरिङ लगायतका विभिन्न एसेसरिज समेत प्रदान गरिने कम्पनीको भनाइ छ ।
काठमाडौं–नेपालमा भेस्पा र अप्रिलिया स्कूटरको आधिकारिक विक्रेता डेल्टा...
काठमाडौं –डेल्टा अटोकर्प प्रालिले भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर...
भारतमा निर्मित ओकिनावा ब्रान्डको इलेक्ट्रिक स्कुटरले बलियो, मजबुत र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...