मोटरसाइकल, गाडी र अन्य सामानको आयातमा असार मसान्त सम्म पूर्ण प्रतिबन्ध

काठमाडौं - उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि सरकारले आयातमा कडाइ गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० बिलासीका वस्तु आयातमा रोक लगाएको हो । सरकारले आगामी असार मसान्तसम्मका लागि मोबाइल, २५० सिसीमाथिका मोटरसाइकल, गाडी, मदिरा, सुर्तीजन्यपदार्थ, खेलौनासहित १० वस्तु आयातमा रोक लगाएको हो । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै विलासी उपभोग्य सामानको आयातमा पूर्ण प्रतिबन्ध लगाएको हो ।

असार मसान्तसम्मका लागि भन्दै आयातमा रोक लगाइएका सामानहरुमा मोबाइल सेट, रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका), २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल, जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने), सबै प्रकारका खेलौनाहरु रहेका छन् ।

त्यसैगरी, कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ), हिरा (कच्चा पदार्थ ल्याउन छुट छ), खेल्ने तास ल्याउन पूर्ण प्रतिबन्ध लगाएको छ ।

मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने जनाएको छ । यस्तै, वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि बन्देज लागू नहुने राजपत्रमा उल्लेख छ ।

सम्बन्धित समाचारहरू

बालबालिकाको सुरक्षित विद्यालय यात्रा: ५ जीवनरक्षक सावधानीहरू

बालबालिकाको सुरक्षित विद्यालय यात्रा: ५ जीवनरक्षक सावधानीहरू

नयाँ शैक्षिक सत्रको सुरुवातसँगै देशभरका विद्यालयहरूमा नयाँ उत्साह, उमङ्ग...

नारायणघाट बुटवल सडकमा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ बनाइने

नारायणघाट बुटवल सडकमा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ बनाइने

कावासोती – पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक विस्तारको क्रममा...

सार्वजनिक सवारीमा बढी यात्रु राख्न नपाइने, मास्क नलगाउनेलाई १० रुपैयाँमा मास्क दिइने

सार्वजनिक सवारीमा बढी यात्रु राख्न नपाइने, मास्क नलगाउनेलाई १० रुपैयाँमा मास्क दिइने

काठमाडौं – सरकारले सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढि यात्रु राख्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...