आगामी आइतबार देखि ‘सेफ ड्राइभ, सेभ लाइभ्स’ रेडियो कार्यक्रम सञ्चालन हुने

काठमाडौं – नेपालमा मोटर/मोटरसाइक्लिङ स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी तथा ड्राइभ टुरिजम र सडक सुरक्षा क्षेत्रमा सक्रिय नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र रेडियो काठमाडौं बीच रेडियो कार्यक्रम ‘सेभ ड्राइभ, सेभ लाइभ्स’ प्रशारण गर्ने सम्झौता सम्पन्न भएको छ ।

रेडियो काठमाडौं ९२.१ मा प्रशारण हुने सो कार्यक्रम हरेक आइतबार साँझ साढे ६ बजे देखि आधा घण्टाको हुनेछ र आगामी आइतबारबाट ५२ हप्ता सम्म चल्नेछ । फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइल (एफआईए) को सहयोगमा संचालन हुने उक्त कार्यक्रममा सवारी दुर्घटना र रोकथाम, सुरक्षित मोटरसाइकल राइडिङ्ग र सुरक्षित हेल्मेटको आवश्यकता, सार्वजनिक यातायात र अटोमोबाइलका राष्ट्रिय/अन्तर्राष्ट्रिय विषयमा प्रकाश पारिने छ ।

एक कार्यक्रमका बीच रेडियो काठमाडौंका बिजनेश हेड चन्द्रमणि गौतम र एफआईए वर्ल्ड काउन्सिल सदस्य (FIA World Council Member) गोविन्द भट्टराई बीच सो कार्यक्रम सम्बन्धी सम्झौतामा आदान प्रदान गरियो ।

कार्यक्रम रेडियो काठमाडौंका अलावा नासा नेपालरेडियो काठमाडौंका फेसबुक पेजबाट समेत सुन्न सकिनेछ ।

सम्बन्धित समाचारहरू

असोज २९ मा महिला मोटर -याली हुने

असोज २९ मा महिला मोटर -याली हुने

काठमाडौं – नेपाली मोटर स्पोर्ट्सको क्षेत्रमा मात्र नभै विश्वको अटोमोबाइल...

९५ लाख खर्चमा मोटर स्पोर्ट्स सम्बन्धी फर्मुला वानको कार्यक्रम नेपालमा संचालन हुने

९५ लाख खर्चमा मोटर स्पोर्ट्स सम्बन्धी फर्मुला वानको कार्यक्रम नेपालमा संचालन हुने

काठमाडौं – मोटर स्पोर्ट्समा संलग्न नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा...

पोखरामा युवाहरुका बिच क्यापासिटी बिल्डिङ वर्कशप अन युथ फर रोड सेफ्टी सम्पन्न

पोखरामा युवाहरुका बिच क्यापासिटी बिल्डिङ वर्कशप अन युथ फर रोड सेफ्टी सम्पन्न

पोखरा – पोखराका युवाहरु बिच सडक सुरक्षा सम्बन्धी दुई दिने वर्कशप सम्पन्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...