नेपाल भित्रियो कार भन्दा पावरफुल बाइक, मूल्य २५ लाख १५ हजार
काठमाडौं – नेपाली बजारमा बेनेलीको नयाँ बाइक ७५२ एस भित्रिएको छ । नेपालमा...
बेनेलीले नयाँ स्पोर्ट्स बाइक बीएन१२५ युरोपेली बजारमा लन्च गरेको छ । नयाँ बाइक कम्पनीको लाइनअपमा सबैभन्दा सानो बाइक र टीएनटी ३०२ बाइकबाट प्रेरित छ । टीएनटी ३०२ भारतीय बजारमा पनि बिक्री भएको थियो ।
यो बाइकमा १२५ सीसी एयरकुल्ड सिंगल सिलिन्डर इन्जिन प्रयोग गरिएको छ । यो इन्जिनले ११ बीएचपीको अधिकतम पावर र १० एनएमको टर्क जेनेरेट गर्छ । यसको इन्जिनलाई ५ स्पिड गियरबक्समा जोडिएको छ । यसको आउटपुट यसको प्रतिद्वन्द्वी केटीएम १२५ ड्युक भन्दा थोरै कम छ, जसमा १२५ सीसी सिंगल–सिलिन्डर, लिक्विड–कुल्ड इन्जिन जोडिएको छ । सो इन्जिनले १४.३ बीएचपीको पावर र १२ एनएमको टर्क जेनेरेट गर्ने क्षमता रहेको छ ।
बीएन१२५ टीएनटी ३०२ को डिजाइनसँग मिल्दोजुल्दो छ । बाइकको फ्रन्टमा बल्ब इन्डिकेटर्सको साथै हेडलाइट दिइएको छ । हाइलाइटहरूमा स्पोर्टी ब्ल्याक–एन्ड स्ट्राइपको साथ मस्कुल ट्याङ्की, अलोय ह्विल, रेड डिप्ड टे«लिस फ्रेम, स्टेप्ड सिट र शार्प टेल इन्ड समावेश छ । यो बाइक नियोन, कालो, सेतो र रातो गरी ४ कलरमा लन्च गरिएको छ ।
सो बाइकमा यूएसडी फोर्क्स र मोनोशक रहेको छ । ब्रेकिङका लागि यसमा २६० एमएम फ्रन्ट डिस्क र सीबीएसको साथ २४० एमएम रियर डिस्क उपलब्ध छ । बाइक रोड–स्पेस टायरहरूमा चल्छ, जसलाई ११०/८० फ्रन्ट र १३०/७० रियर १७ इन्च अलोय ह्विलहरू मिलाइएको छ ।
युरोपेली बजारमा यो मोटरसाइकल २,४९९ यूरोमा लन्च गरिएको हो । नेपाली बजारमा पनि यो मोटरसाइकल आउने अनुमान गर्न सकिन्छ ।
काठमाडौं – नेपाली बजारमा बेनेलीको नयाँ बाइक ७५२ एस भित्रिएको छ । नेपालमा...
काठमाडौं – नेपाली बजारमा बीएस६ इन्जिनयुक्त होन्डा डियो स्कुटर भित्रिएको छ...
चिनियाँ टु–ह्विलर उत्पादक बेनेलीले ३०० सिसी सेग्मेन्टमा नयाँ एड्भेन्चर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...