उत्कृष्ट फिचर्स सहित जुन ९ मा फक्सवागनको सस्तो कार लन्च हुने

फक्सवागन इन्डियाले जुन ९ मा आफ्नो नयाँ मिड सेगमेन्ट सेडान कार भर्टस लन्च गर्दैछ । यसका लागि कम्पनीले अग्रिम बुकिङ सुरु गरिसकेको छ । एमक्युबी एओ इन प्लेटफर्ममा डिजाइन गरिएको यो कार पूर्णतया भारतका लागि डिजाइन गरिएको हो । फक्सवागनले हालै सार्वजनिक गरेको स्कोडा स्लाभिया, स्कोडा कुशाक र फक्सवागन टााइगुन एसयूभीको लागि पनि यही प्लेटफर्म प्रयोग गरिएको थियो ।

नयाँ भर्टस अन्तर्राष्ट्रिय बजारमा पहिला देखि नै उपलब्ध मोडेलको फेसलिफ्ट हुनेछ । फक्सवागनको नयाँ भर्टसको फ्रन्टको लुक स्पोर्ट्स कारको जस्तै दिइएको छ । कारमा स्ट्यान्डर्ड डीआरएल जोडिएको एलईडी हेडल्याम्पको साथमा उपलब्ध हुनेछ । भर्टसको जीटी लाइनको लागि ब्ल्याक आउट रूफ र ओआरभीएम, अलोय ह्विल र जीटी ब्याजिङमा कालो टच सहितको ड्युअल टोन रङ प्रयोग गरेको छ ।

भर्टसको इन्टेरियरमा १० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ८.० इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, कनेक्टेड कार टेक, भेन्टिलेटेड फ्रन्ट सिट, एम्बियन्ट लाइटिङ, सनरुफ, अटो हेडल्याम्प र वाइपर जस्ता फिचर हुनेछ । फक्सवागनको टप भेरिएन्टमा टायर प्रेसर मोनिटरिङ सिस्टम, ईएससी, हिल–होल्ड कन्ट्रोल र ६ वटा एयरब्यागहरू पनि हुनेछ ।

भर्टस पेट्रोल भेरिएन्टमा मात्र उपलब्ध हुनेछ, जसमा १.० लिटर टीएसआई वा १.५ लिटर टीएसआई पेट्रोल इन्जिन हुनेछ । सो कारमा ट्रान्समिसनको लागि १ लिटर भेरिएन्टको साथै ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक विकल्प प्रदान गर्नेछ । यद्यपि, १.५ लिटर भेरिएन्ट ७ स्पिड डीसीटी अटोमेटिकमा उपलब्ध हुनेछ । भर्टसको मूल्य १० लाख ६ हजार देखि १८ लाख भारु बीच हुने सम्भावना रहेको छ ।

सम्बन्धित समाचारहरू

टाइगुनमा २३ हजार र पोलोमा १५ हजार रुपैयाँको मासिक किस्तावन्दि योजना

टाइगुनमा २३ हजार र पोलोमा १५ हजार रुपैयाँको मासिक किस्तावन्दि योजना

फक्सवागन गाडीको नेपालका लागि आधिकारिक वितरक पूजा इन्टरनेश्नल नेपालले...

चाडपर्वमा फक्सवागन पोलो र भेन्टो किन्दा बम्पर पुरस्कारमा बीएमडब्ल्यु जी३१० जीएस मोटरसाइकल

चाडपर्वमा फक्सवागन पोलो र भेन्टो किन्दा बम्पर पुरस्कारमा बीएमडब्ल्यु जी३१० जीएस मोटरसाइकल

काठमाडौं – नेपालमा फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेसनलले फक्सवागन...

फक्सवागनले एमारक पिकअपलाई इभी भर्सनमा उतार्ने, २ वर्षभित्र बजारमा आइसक्ने

फक्सवागनले एमारक पिकअपलाई इभी भर्सनमा उतार्ने, २ वर्षभित्र बजारमा आइसक्ने

जर्मन अटो निर्माता फक्सवागनले आफ्नो लोकप्रिय पिकअप एमारकलाई इभी भर्सनमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...