प्रदेश सरकारद्वारा नयाँ ट्याक्सी भाडादर लागू, विद्युतीय ट्याक्सीमा ५० रुपैयाँ फ्लाग डाउन

काठमाडौं – बागमती प्रदेश सरकार, श्रम रोजगार तथा यातायात मन्त्रालयले ट्याक्सीमा नयाँ भाडादर लागू गरेको छ । हालै बसेको बागमती प्रदेशको मन्त्रीस्तरीय निर्णयबाट ट्याक्सीमा नयाँ भाडादर लागू गरिएको हो ।

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण बागमती प्रदेशभित्र सञ्चालन हुने ट्याक्सीमा नयाँ भाडादर लागू गरिएको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यसअघि सुरु (फ्लाग डाउन)मा १४ रुपैयाँ रहेको भाडादर बढेर ५० रुपैयाँ पुगेको छ । त्यसमा प्रतिदुई सय मिटरमा १० रुपैयाँका दरले भाडादर बढ्दै जानेछ । यो भाडादर बिहान ४ बजेदेखि राति ९ बजेसम्म लागू हुने जनाइएको छ ।

यस्तै विद्युतीय ट्याक्सीका लागि ‘फ्लाग डाउन’ ५० रुपैयाँ र प्रतिदुई सय मिटरमा नौ रुपैयाँका दरले बढ्दै जानेछ । रात्रिकालीन विद्युतीय ट्याक्सीका लागि सुरुको ‘फ्लाग डाउन’ १३ रुपैयाँ र प्रतिदुई सय मिटरमा १३ रुपैयाँका दरले भाडा बढ्दै जानेछ । हाल विद्युतीय ट्याक्सी भने सञ्चालनमा छैनन् ।

नयाँ भाडादर समायोजन गर्न मन्त्रालयले गुणस्तर तथा नापतौल कार्यालयले काठमाडौँलाई पत्राचार गरेको थियो । नयाँ भाडादर लागू भएसँगै ट्याक्सीमा मिटर जडान गरेर समायोजन गर्ने काम भइरहेको कार्यालयले बताएको छ ।

एक साताअघिदेखि ट्याक्सीको मिटरमा नयाँ भाडादर समायोजन भइरहेको छ । दैनिक ६० का दरले हालसम्म चार सय ट्याक्सीमा भाडादर समायोजन भइसकेको छ । ट्याक्सीको भाडादर समायोजन तीन/चार महिनाभित्र सकिने विभागले जानकारी दिएको छ ।

एक हजार ६५२ ट्याक्सीलाई भाडा समायोजन गर्न भाडासम्बन्धी तालिका दिएको विभागले जानकारी दिएको छ । बागमती प्रदेशमा हाल सात हजार ट्याक्सी सञ्चालनमा छन् ।

सम्बन्धित समाचारहरू

हुन्डाईको सस्तो इलेक्ट्रिक कार लन्च गर्ने योजना : आई१० इलेक्ट्रिकमा आउने

हुन्डाईको सस्तो इलेक्ट्रिक कार लन्च गर्ने योजना : आई१० इलेक्ट्रिकमा आउने

हुन्डाईले सानो इलेक्ट्रिक ह्याचब्याक ल्याउने तयारी गरिरहेको छ । सो...

ईभी ब्राण्डमात्रै बन्ने योजनाबाट पछि हट्यो मर्सिडिज बेन्ज

ईभी ब्राण्डमात्रै बन्ने योजनाबाट पछि हट्यो मर्सिडिज बेन्ज

लक्जरी कार ब्रान्ड मर्सिडिज वेन्ज २०३० सम्ममा ईभी ब्राण्डमात्रै बन्ने...

चांगन डीपल एसएल–०३ नेपालमा नयाँ वर्षको पहिलो त्रैमासिकमा सार्वजनिक हुने

चांगन डीपल एसएल–०३ नेपालमा नयाँ वर्षको पहिलो त्रैमासिकमा सार्वजनिक हुने

काठमाडौं– आगामी डिसेम्बरमा थाइल्यान्डमा सार्वजनिक हुन लागेको चांगनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...