स्कोडाले थप्यो कुसाकको इन्ट्रि लेवल भेरियन्ट, एक्टिभन्दा १ लाख भारुले सस्तो
स्कोडाले कुसाकको लाइनअपमा अर्को सस्तो भेरियन्ट एक्टिभ पिसलाई थप गरेको छ ।...
लामो समयदेखि प्रतीक्षा गरिएको जिप मेरिडियन भर्खरै भारतमा सार्वजनिक भएर प्रिबुकिङ पनि सुरु भइसकेको छ । ‘थ्रि रो’ रहेको यो एसयूभीलाई जिपले आफ्नो लाइनअपमा कम्पासभन्दा माथि राखेको छ ।
जिप मेरिडियनको प्लेटफर्म
नयाँ जिप मेरिडियन कम्पासको ४ बाई ४ प्लेटफर्ममा आधारित छ । जिपका इन्जिनियरहरुले लामो ह्विलबेस र ठूलो एसयूभीलाई अटाउन प्लेटफर्ममा सुधार गरेका छन् । साथै, कम्पनीले यसको सुरक्षालाई बेजोड बनाउन उच्च कोटीको स्टिल प्रयोग गरेको छ ।
जिप मेरिडियनको डिजाइन
मेरिडियन जिप कमान्डरको ‘इन्डियन–स्पेक’ एसयूभी हो जुन दक्षिण अमेरिकी बजारका लागि तयार गरिएको हो । मेरिडियन जिप कम्पासकै प्लेटफर्ममा बनाइएको भए पनि यसको ‘स्टाइलिङ’ ठूलो जिपबाट प्रभावित छ । यसको ह्विलबेस र ‘रियर ओभरह्यांग’ लामो छ र ‘डोर’ पनि ठूलो छ ।
नयाँ जिप मेरिडियनको ‘फ्रन्ट फेसिया’ ग्य्रान्ड चेरोकी एलबाट प्रभावित छ जसमा जिपको ‘सिग्नेचर सेभेन स्लट ग्रिल’ र ‘स्लिम हेडल्याम्प सेटअप’ रहेको छ । यसको पछाडिको भागमा ‘स्लिम टेल लाइट’ राखिएको छ जुन ‘क्रोम–बार’सँग कनेक्टेड छ ।
जिपले मेरिडियनलाई नितान्त नयाँ मोडेलको रुपमा उभ्याउन लागेको हो । तथापि यसको ‘विन्डशिल्ड’, ‘फ्रन्ट सिट फ्रेम’ र ‘इन्स्ट्रयुमेन्ट कन्सोल’ का केही भाग भने कम्पासकै निरन्तरता हो । जिप कमान्डरको तुलनामा मेरिडियनमा भने फरक हेडल्याम्प, बम्पर र अलोय ह्विल रहेको बताइन्छ ।

जिप मेरिडियनको आकार
जिपले मेरिडियनको आकारबारे केही बताइसकेको छैन । तैपनि यो कमान्डर जत्रो नै हुने अपेक्षा गरिएको छ । यो ४७६९ एमएम लमो, १८५९ एमएम चौडा र १६८२ एमएम अग्लो छ । साथै, यसको ह्विलबेस २७९४ एमएम रहेको छ । लामो बडी भएकाले यसको ह्विलबेस कम्पासको तुलनामा १५८ एमएम लामो बनाइएको छ ।
जिप मेरिडियन कम्पासको तुलनामा ३६४ एमएम लामो, ४१ एमएम चौडा र ४२ एमएम अग्लो रहनेछ । पछाडिका पेसेन्सर सजिलै पस्न र छिर्नका लागि यसको रियर डोर ८० डिग्रीसम्म खोल्ने सकिनेछ जुन सेग्मेन्टकै उत्कृष्ट हो ।
जिप मेरिडियनको इन्टेरियर र फिचर
मेरिडियनको ड्यासबोर्ड डिजाइन कम्पासकै जस्तो देखिन्छ तर यसमा ब्ल्याक लेआउटको सट्टा ‘ब्राउन र ब्ल्याक इन्टेरियर’ राखिएको छ । साथै यसको ‘लेदर अपहोल्स्ट्री पर्फोरेटेड’ र ‘क्विल्टेड प्यार्टन’ मा राखिएको छ ।
नयाँ मेरिडियनमा कम्पासमा भएका सबै फिचर छन् । यसमा एप्पल कारप्ले र एन्ड्रोइड अटोसहितको १०.१ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । साथै यसमा ‘इलेक्ट्रोनिक्कली एडजस्टेबल फ्रन्ट सिट’, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, ‘वायरलेस फोन चार्जिंग’, ‘डुअल जोन क्लाइमेट कन्ट्रोल’, पानोरामिक सनरुफ आदि छन् । नयाँ जिप मेरिडियनमा ‘पावर्ड टेलगेट’ र ९ स्पिकर अल्पाइन अडियो सिस्टम रहेको छ ।
जिप मेरिडियनको सुरक्षा फिचर
नयाँ मेरिडियनमा धेरै ‘हाई एन्ड सेफ्टी’ र ’सेक्युरिटी’ फिचरहरु छन् । यसमा ६ एअरब्याग, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल स्टार्ट एन्ड डिसेन्ट कन्ट्रोल, ३६० डिग्री क्यामेरा जस्ता फिचर छन् । साथै यसमा ‘एडभान्स्ड ड्राइभर एसिस्ट्यान्ट सिस्टम’ (एडीएएस) पनि हुने अपेक्षा गरिएको छ । तथापी जिपले यसबारे केही बताइसकेको छैन ।
जिपले हाललाई मेरिडियनको ७ सिटर भर्सन मात्र सार्वजनिक गरेको छ । केही समयपछि यसको ६ सिटर पनि आउन सक्नेछ । ६ सिटरको दोस्रो ‘रो’ मा क्याप्टेन सिट हुनेछ भने ७ सिटर मेरिडियनको दोस्रो ‘रो’ मा ‘बेन्च टाइप’को सिट रहनेछ ।
जिप मेरिडियनको इन्जिन र गियरबक्स अप्सन
जिप मेरिडियनमा २.० लिटरको टर्बोचाज्र्ड डिजेल इन्जिन रहेको छ । यसको पावर र टर्कबारे हालसम्म नबताइए पनि सेभेन सिटर भएकाले ‘ट्युन’ गरिएको हुने अपेक्षा गरिएको छ । कम्पासको पावर र टर्क क्रमसः १७० बीएचपी र ३५० एनएम रहेको छ ।
फ्रन्ट ह्विलका लागि ६ स्पिड म्यानुअल गियर बक्स हुनेछ भने टप भेरियन्टमा ९ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्स हुनेछ । हाल मेरिडियनको डिजेल भर्सन मात्र आए पनि भविष्यमा पेट्रोल भर्सन पनि आउने अपेक्षा गरिएको छ ।
जिप मेरिडियनको प्रतिस्पर्धा
जिपले मेरिडियनमा ८२ प्रतिशत ‘लोकलाइजेसन’ गरेको बताएको छ । यो नयाँ मोडेललाई कम्पासभन्दा माथि राखिनेछ । भारतमा जिप मेरिडियनको मूल्य ३० देखि ४० लाख भारुको बीचमा रहने बताइएको छ । यसको प्रतिस्पर्धा स्कोडा कोडियाक, एमजी ग्लोस्टर र टोयटा फच्र्युनर हुनेछ ।
नयाँ जिप मेरिडियनको उत्पादन स्टेलेन्टिसको रन्जनगाउँ फ्याक्ट्रीमा हुनेछ र यसलाई नेपाल लगायत जापान, अस्ट्रेलिया र बेलायत जस्ता राइट ह्यान्ड ड्राइभ बजारमा निर्यात गरिनेछ ।
स्कोडाले कुसाकको लाइनअपमा अर्को सस्तो भेरियन्ट एक्टिभ पिसलाई थप गरेको छ ।...
काठमाडौं – नेपालमा ‘अफरोड कल्चर’को विकास गर्न र जिप जीवनशैलीलाई...
काठमाडौं – फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...