चैत मसान्त सम्म १४७३ विद्युतीय कार आयात

काठमाडौं – नेपालमा चालु आर्थिक वर्षको चैत मसान्त सम्म १ हजार ४७३ विद्युतीय कार भित्रिएका छन् । भन्सार विभागले प्रकाशित गरेको तथ्यांक अनुसार नेपाली बजारमा १०० किलोवाट सम्मका र १०० किलोवाट देखि ३०० किलोवाट माथि सम्म ब्याट्री क्षमता भएका यी सवारी साधन भित्रिएका हुन् ।

तथ्यांक अनुसार १०० किलोवाट सम्मका ७३८ कार भित्रिएका छन् । त्यसैगरी १०० देखि २०० किलोवाट सम्मका ७३२ र २०० देखि ३०० तथा ३०० किलोवाट भन्दा माथिका ३ युनिट कार भित्रिएका छन् ।

यो अवधिमा सबैभन्दा बढी विद्युतीय कार चीनबाट भित्रिएका छन् । चीनबाट ७७७ युनिट कार भित्रिएका छन् भने भारतबाट ५१२ युनिट कार भित्रिएका छन् । त्यसैगरी कोरियाबाट १३८, जापानबाट २८ र अमेरिकाबाट १७ युनिट कार भित्रिएका छन् ।

यो भन्दा पहिले फागुन मसान्त सम्म १ हजार ३५७ कार, जिप, भ्यान भित्रिएका थिए । यस अनुसार एक महिनाको अवधिमा ११६ कार, जिप, भ्यान मात्र भित्रिएका छन् ।

विश्वव्यापी रुपमा हेर्दा चीनमा सन् २०२१ मा मात्रै ११ लाख ४९ हजार वटा नयाँ विद्युतीय सवारी साधन दर्ता भए । अमेरिकामा दुई लाख ९७ हजार, युरोपमा १० लाख ६० हजार वटा विद्युतीय सवारी साधन त्यस वर्ष दर्ता भएको देखिन्छ ।

नेपालमा पनि विद्युतीय सवारी साधनप्रतिको चासो बढ्दै गए पनि सहज रुपमा चार्जिङ स्टेशन उपलब्ध हुन सकेको छैन । प्राधिकरणले पहिलो चरणमा देशभर निर्माण गर्न लागेको ५० चार्जिङ स्टेशनको काम अगाडि बढिरहेको छ ।

निजी क्षेत्रबाट हुन्डाई कम्पनीले देशभर ४० वटा चार्जिङ स्टेशन निर्माण गरेको छ । निजी क्षेत्रका सवारी साधन बिक्रेता कम्पनीले आफ्नै सापेक्षतामा विद्युतीय चार्जिङ स्टेशन निर्माण गरिरहेको छ । विपी राजमार्गमा चल्ने दिगो सवारीले आफैँ चार्जिङ स्टेशन निर्माण गरेको छ । निजी क्षेत्रले समेत चासो देखाएको अवस्थामा सरकारले नीतिगत रुपमा थप प्रस्ट पार्नुपर्ने आवश्यकता बढेर गएको छ ।

सम्बन्धित समाचारहरू

स्पेनमा विद्युतीय गाडी किन्दा र पुरानो गाडी हटाउँदा ७ हजार युरोसम्म पाइने

स्पेनमा विद्युतीय गाडी किन्दा र पुरानो गाडी हटाउँदा ७ हजार युरोसम्म पाइने

स्पेन सरकारले विद्युतीय सवारी साधन किन्न सहयोग गर्ने ‘मुभ–३’ योजना सन्...

जिकरले एड्भान्स ड्राइभिङ असिस्टेन्स सिस्टम निः शुल्क उपलब्ध गराउने

जिकरले एड्भान्स ड्राइभिङ असिस्टेन्स सिस्टम निः शुल्क उपलब्ध गराउने

एड्भान्स ड्राइभिङ असिस्टेन्स सिस्टम एक स्मार्ट प्रविधि हो, जसलाई सवारी...

९९ किलोवाटमै एमजी जेडएस ईभी, बुकिङ खुल्ला (मूल्य र फिचर सहित)

९९ किलोवाटमै एमजी जेडएस ईभी, बुकिङ खुल्ला (मूल्य र फिचर सहित)

काठमाडौँ – एमजी गाडीको नेपालका लागि आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...