जेसीबी वा निर्माण उपकरणको रङ किन पहेलो हुन्छ ?
निर्माण स्थलहरूमा पहेँलो मेसिनले उत्खनन वा तोडफोड जस्ता कामहरू गरिरहेको...
काठमाडौं – ललितपुर जिल्लामा कार्यरत मोटरसाइकल मर्मत कार्यमा संलग्न व्यवसायी तथा मेकानिक्सहरुको संगठन श्री नेपाल अटो मेकानिक्स व्यवसायी संघको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाले रुद्र खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा राज बिक र भक्त माझी, सचिवमा कुमार बजगाई, उपसचिवमा रोहित खड्का, कोषाध्यक्षमा अमर पोदार र सहकोषाध्यक्षमा किसन श्रेष्ठ चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सञ्जय थापा, पदम बखाती, राजन देसार, नवीन मगर, मिताई कुमार दास र मिथलेस श्रेष्ठ चयन भए ।
साधारण सभामा प्रमुख अतिथिको रुपमा नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपाने र अतिथिको रुपमा वर्कशप अभियन्ता माधवप्रसाद पाण्डे, क्यास्ट्रोल लुब्रिकेन्टको आधिकारिक वितरक नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नमा मार्केटिङ म्यानेजर अमरज्योति रञ्जित र अन्य विभिन्न कम्पनी तथा वित्तीय संस्थाका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए ।

संघका संस्थापक अध्यक्ष राजकुमार बिकेले सो अवसरमा पद हस्तान्तरण गर्दै नयाँ कार्यसमितिले आगामी दिनमा मेकानिक्सहरुको हितमा कार्य गर्ने अपेक्षा गरेका थिए ।
निर्माण स्थलहरूमा पहेँलो मेसिनले उत्खनन वा तोडफोड जस्ता कामहरू गरिरहेको...
कारमा नयाँ नयाँ परिवर्तनहरू तीव्र गतिमा भइरहेका छन् । आजकल कार उत्पादन...
काठमाडौं – सेकेन्ड ह्यान्ड कार विक्रेता व्यवसायीहरुको संस्था नेपाल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...