सुन्दर यातायातले बनायो पेट्रोल र विद्युत दुबैबाट चल्ने स्कुटर, यस्तो छ फिचर

काठमाडौं – नेपालका सडकमा विद्युतीय बस र अन्य यातायात सेवा उपलब्ध गराउदै आएको सुन्दर यातायातले पेट्रोल र विद्युत दुवैबाट चल्ने स्कुटर सार्वजनिक गरेको छ । भारतीय तथा चिनियाँ प्राविधिकको सहजीकरणमा सुन्दर अटो इन्जिनियरिङले तयार गरेका यी स्कुटरको डेमो हिजो एक कार्यक्रमका बीच सार्वजनिक गरियो ।

यी स्कुटर ब्याट्री पूरा चार्ज गर्दा एक सय किलोमिटरसम्म गुड्न सक्छन्। ब्याट्रीबाट चलाउन मन नलागेको अवस्थामा अथवा ब्याट्रीको चार्ज सकिएको अवस्थामा पेट्रोलबाट चलाउन सकिन्छ। यसका लागि स्कुटरका बटन राखिएको छ। आवश्यकता अनुसार बटन रोज्न सकिन्छ। कम्पनीले स्कुटरको सुरुवाती मूल्य दुई लाख ३५ हजार रुपैयाँ तोकेको छ।

यसबाहेक कम्पनीले पार्टपुर्जा आयात गरी विद्युतीय मोटरसाइकल तथा अन्य स्कुटरहरु पनि तयार गरिरहेको छ। मोटरसाइकल बजारमा बिक्री गर्ने अनुमति भने पाइसकेको छैन। हालसम्म एक हजार तीन सय ६० स्कुटर बिक्री गरिसकेको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए। उनले नेपालका लागि एउटा नयाँ प्रविधिको प्रदर्शन गरिएको र यसका लागि सरकारको आवश्यक सहयोग भए विभिन्न कार्य गर्न सकिने थापाले बताए ।

कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरलाई यसरी विद्युतीय स्कुटरमा परिमार्जन गर्न सकिने र जो कसैले पनि चाहेमा ग्राहकको आवश्यकता अनुसार आफूहरुले सो सुविधा उपलब्ध गराउने उनले बताए । विशेष गरी पुरानो मोटरसाइकल वा स्कुटरलाई यसरी रुपान्तरण गर्दा फाइदा हुने उनले बताए ।

सम्बन्धित समाचारहरू

नाडा अटो शो २०२५ मा दिपलको धमाका : ६०० भन्दा बढी ईभी बुकिङ

नाडा अटो शो २०२५ मा दिपलको धमाका : ६०० भन्दा बढी ईभी बुकिङ

काठमाडौं – विद्युतीय गाडी (ईभी) ब्रान्ड दिपलले हालै सम्पन्न नाडा अटो शो...

युरोकपको झलक दिदै बीवाईडी शोरुम, यस्तो छ कारण

युरोकपको झलक दिदै बीवाईडी शोरुम, यस्तो छ कारण

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले विभिन्न...

चांगनको इलेक्ट्रिक एसयूभी नेपाल आउने

चांगनको इलेक्ट्रिक एसयूभी नेपाल आउने

काठमाडौं– चांगन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...