दुबईमा कार धुने एक नेपाली युवाले जिते ३४ करोडको चिठ्ठा
दुबईमा कार धुने काम गरिरहेका एक नेपाली युवाले करिव ३४ करोड रुपैयाँको...
काठमाडौँ — वाग्मती प्रदेशमा आज देखि ट्याक्सीमा नयाँ भाडादर कार्यान्वयन प्रारम्भ भएको छ । वाग्मती प्रदेशले वैशाख १ देखि लागू हुने गरी भाडा समायोजन गरे पनि आजदेखि मात्र ट्याक्सीको मिटरमा भाडा समायोजन प्रारम्भ गरेको हो ।
आजदेखि प्रतिदिन ६० वटा ट्याक्सीको मिटरमा भाडा समायोजन गर्ने गरी तयारी भएको गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले जनाएको छ । सबै ट्याक्सीको मिटरमा भाडा समायोजन गर्न एक महिनाभन्दा बढी लाग्न सक्ने र त्यतिन्जेलका लागि ट्याक्सीमा यात्रुले देख्ने गरी एउटा चार्ट राखिने छ । यसमा पुरानो भाडा दर, मिटरमा देखिने साविकको भाडा दर र यात्रुले तिर्नुपर्ने नयाँ भाडा दर हुनेछ ।
एक किलोमिटरको हकमा मिटरमा साविकको भाडा ५३ रुपैयाँ भएकोमा अब यात्रुले नयाँ भाडा दरअनुसार एक सय रुपैयाँ तिर्नुपर्नेछ । उक्त चार्टमा बिहान ६ देखि बेलुका ९ बजेसम्म र बेलुका ९ देखि बिहान ६ बजेसम्म कति किमि यात्रा गर्दा मिटरमा साविकको भाडा दरअनुसार कति देखाउँछ र नयाँ भाडा दरअनुसार यात्रुले कति तिर्नुपर्ने हो, दुवै उल्लेख गरिएको हुन्छ ।
वाग्मती प्रदेश सरकारले चैत २४ मा वैशाख १ देखि लागू हुने गरी पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीको हकमा सुरुवाती कल (फ्ल्याग डाउन) ५० रुपैयाँ, प्रति २ सय मिटरमा १० रुपैयाँ, प्रतीक्षा शुल्क (वेटिङ चार्ज) को विषयमा प्रति १ मिनेटको १ रुपैयाँ २० पैसा र प्रतीक्षा गर्ने अधिकतम समय ३० मिनेट कायम गरेको छ । यस्तै बेलुका ९ देखि बिहान ४ बजेसम्म सञ्चालन हुने रात्रिकालीन समयका लागि सुरु फ्ल्याग डाउनलाई यथावत् राखी प्रति २ सय मिटरमा १५ रुपैयाँ कायम गरेको छ ।
दुबईमा कार धुने काम गरिरहेका एक नेपाली युवाले करिव ३४ करोड रुपैयाँको...
काठमाडौं – यातायात व्यवस्था विभागले सरकारी गाडीको कर नउठेपछि फागुन...
धनुषाको इनरुवा स्टेशनमा लामो समयदेखि थन्किएको दुवै रेलको इन्जिन शनिबार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...