साझाका विद्युतीय बस अपांगमैत्री हुने, सिंगल चार्जमा २ सय किमी चल्ने

काठमाडौं – साझाले नेपालमा परीक्षणका लागि भित्र्याइरहेको विद्युतीय बस अपांगमैत्री हुने भएको छ । साझाले अपांगहरुका लागि सहज तरिकाले बसमा आवतजावत गर्नका लागि विशेष व्यवस्था गर्ने भएको छ ।

साझाले ३ वटा बस परीक्षणका लागि नेपालमा उपलब्ध गराउने भएको हो । यी बस हाल भन्सारमा भित्रिसकेका छन् । केही दिन भित्रै यी बस काठमाडौंमा आइपुग्ने छन् ।

साझा यातायात सहकारी संस्थाका सञ्चालक समिति सदस्य भूषण तुलाधरका अनुसार यी बस सिंगल चार्जमा २ सय किलोमिटर गुड्ने अनुमान गरिएको छ । काठमाडौं उपत्यकाका विभिन्न रुटमा परीक्षण गरिए पश्चात अन्य बस भित्र्याउने वारेमा छलफल हुनेछ ।

संस्थाले गत असोज २२ गते चीनको सिएचटिसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० बस खरिदका लागि सम्झौता गरेको थियो । सो सम्झौतामा कम्पनीसँग बस र त्यसलाई आवश्यक चार्जर खरिद गर्ने र पाँच वर्षसम्म मर्मत गर्ने उल्लेख छ ।

सम्झौताअनुसार संस्थाले ४० वटा विद्युतीय बस र २० वटा चार्जरका लागि ३७ लाख ३८ हजार ५५० अमेरिकी डलर तथा आवश्यक तालिम र पाँच वर्षको मर्मतसम्भार र स्पेयर पार्टका लागि नेपाली ६ करोड ७३ लाख ६५ हजार ५५३ प्रदान गर्नेछ ।

संस्थाले गत चैतमा आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार नौ कम्पनीले बुझाएको बोलपत्रको मूल्याङ्कन गरेर सबै प्राविधिक ‘स्पेसिफिकेसन’ हरु मिलेको र कम मूल्य कबोल गरेको सो कम्पनीको प्रस्ताव स्वीकृत भएको थियो । २६ सिट क्षमताका बस अपाङ्गतामैत्री रहने छन् । यी बस एकपटक चार्ज गरेपछि ४२ भन्दाबढी यात्रु लिइ २०० किमी गुड्न सक्नेछन् ।

सम्बन्धित समाचारहरू

टाटा पन्च ईभीको खुल्यो प्रि–बुकिङ, नाडा अटो शोबाट डेलिभरी गरिने

टाटा पन्च ईभीको खुल्यो प्रि–बुकिङ, नाडा अटो शोबाट डेलिभरी गरिने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

विराटनगरमा प्रोटोन ईमासको भव्य शोरुम उदघाटन, पूर्वी नेपालमा पनि बलियो उपस्थिति

विराटनगरमा प्रोटोन ईमासको भव्य शोरुम उदघाटन, पूर्वी नेपालमा पनि बलियो उपस्थिति

विराटनगर – जगदम्बा मोटर्स प्रालि अन्तर्गतको नेपालकै अग्रणी इलेक्ट्रिक...

नयाँ टिगोर इभी : पुरानोको तुलनामा यसकारण छ विशेष

नयाँ टिगोर इभी : पुरानोको तुलनामा यसकारण छ विशेष

टाटा मोटर्सले टिगोर इभीमा फिचर थप गरेर नयाँ भेरियन्ट लन्च गरेको छ । यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...