विश्व साइकल अभियानमा याडिया वाइकको सहयोग

विश्व साइकल अभियानमा निस्किएका नेपाली वाइकर शुभ प्रसाद शर्मालाई याडिया इलेक्ट्रिक माउन्टेन बाइकले सहयोग गरेको छ । नेपालका लागी आधिकारिक वितरक कुजु नेपाल प्रालिले हिजो एक समारोहका विच शर्मालाई व्याट्री र मोटरसहित कुल २ लाख रुपैयाँ वरावरको सहयोग गरेको हो ।

५ वर्षमा १५० राष्ट्रको भ्रमण गर्ने उद्देश्य लिएका शर्माले याडिया वाइकमा विश्व भ्रमण शुरु गरेक हुन् । साइकलमार्फत नेपालको झन्डा वोकेर नेपाल हुँदै भारत, बंगलादेश, म्यानमार, लावस, कम्वोडिया भियतनाम, थाइल्यान्ड, मलेशिया र सिंगापुर हुँदै अन्य देशको यात्रा तय गर्न लागेको शर्माले वताए । आफूले भ्रमण गर्ने देशका विद्यालयका बिद्यार्थी सहित सरोकारवालासंग जलवायु परिवर्तन र यसले निम्ताउन सक्ने प्रभावका विषयमा अन्तरक्रिया गर्ने लक्ष्य आफूले लिएको उनको भनाई छ ।

जलवायु परिवर्तनसंग जुधिरहेको विश्वलाई सहयोग पुर्याउने हेतुले गरिएको यो भ्रमणले आसातित लक्ष्य हाँसिल गर्नेमा आफू विश्वस्त रहेको शर्माले बताए ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...