एमएडब्लु अर्थमुभर्स बन्यो दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर

काठमाडौं – नेपालको नम्बर १ कन्सट्रक्सन तथा हेभी इक्विपमेन्ट ब्रान्ड मानिने जेसीबीको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर बनेको छ । जेसीबी इन्डियाले आफ्नो डिलर्स मिटमा एमएडब्लु अर्थमुभर्सलाई सर्वोत्कृष्ट दक्षिण एसिया डिलर २०२१ बाट सम्मान गरेको हो ।

जेसीबी युकेका निर्देशक जर्ज बामफोर्ड, ग्रुप सीईओ ग्राहम म्याकडोनाल्ड र जेसीबी इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकारी दिपक शेट्टीले एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णु कुमार अग्रवाललाई संयुक्त रुपमा सर्वोत्कृष्ट डिलरको अवार्ड हस्तान्तरण गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णु अग्रवालले जेसीबीका ग्राहक, कर्मचारी र सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दैै सबैको साथ र सहयोगमा एमएडब्लु दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर बन्न सफल भएको बताए । ‘हामीलाई विश्वास छ, हाम्रा ग्राहक, सरोकारवाला र कर्मचारीको निरन्तर साथ रहेमा हामी अझ धेरै सफलताको उचाइमा पुग्नेछौं,’ उनले भने ।

एमएडब्लु अर्थमुभर्सले ब्याकहो लोडर, एस्काभेटर, ह्विल लोडर, कम्प्याक्टर, टेलिह्यान्डलर र स्किड स्टेरिङ लोडर जस्ता जेसीबी ब्रान्डका हेभी इक्विपमेन्टहरुको विक्री वितरण गर्दै आएको छ ।

नेपाली बजारमा जेसीबीको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी भएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

स्कोडा अटो इन्डिया प्रोजेक्ट २.० सफल : स्कोडाको तेस्रो ठूलो बजार बन्यो भारत

स्कोडा अटो इन्डिया प्रोजेक्ट २.० सफल : स्कोडाको तेस्रो ठूलो बजार बन्यो भारत

स्कोडा अटो इन्डियाको प्रोजेक्ट २.० सफल भएको कम्पनीको भनाइ छ । यस अन्तर्गत...

दसैंका लागि जिपको लिजेन्ड्री अफर : ७ प्रतिशत ब्याजदर, २० प्रतिशत डाउन पेमेन्ट

दसैंका लागि जिपको लिजेन्ड्री अफर : ७ प्रतिशत ब्याजदर, २० प्रतिशत डाउन पेमेन्ट

काठमाडौं – नेपालमा जिपको आधिकारिक वितरक लाइफ अटोमोबाइल्सले यो वर्षको...

कुशाक चम्किदा स्कोडाको बिक्री दोव्वरले वृद्धि

कुशाक चम्किदा स्कोडाको बिक्री दोव्वरले वृद्धि

मिड साइज एसयूभी कुशाकको बिक्री वढेसंगै स्कोडाले भारतमा यो वर्षको ११...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...