नयाँ निसान किक्स सार्वजनिक, पहिले भन्दा परिमार्जन
जापानी कार निर्माता कम्पनी निसानले नयाँ निसान किक्स सार्वजनिक गरेको छ ।...
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेले निशान व्रान्डको महंगो एसयुभी खरिद गरेका छन् । उनले १ करोड ४५ लाख मूल्य पर्ने ७ सिटर एक्स–ट्रायल एसयुभी खरिद गरेका हुन् । हिजो निशान गाडीको शोरुममा उनलाई गाडी हस्तान्तरण गरिएको थियो ।
निशानको यो प्रिमियम एसयुभीमा २ हजार सिसी क्षमताको पेट्रोल इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर १४४ पिएस र टर्क २०० एनएम रहेको छ । २१० एमएम ग्राउन्ड क्लिरियन्स दिइएको यो एसयुभी नेपाली सडक सुहाउँदो रहेको छ ।
एक्स–ट्रायलमा चालक सहित ७ जना यात्रुले आरामदायी यात्र गर्न सकिन्छ । यो एसयुभीको क्याविन निकै फराकिलो र आरामदायी रहेका कारण यसलाई प्रिमियम फेमिली एसयुभी समेत भन्ने गरिएको छ । यो एसयुभीलाई टु ह्विल र फोर ह्विल दुबै ड्राइभ मोडलमा चलाउन सकिन्छ ।
यो एसयुभीको अन्य विशेषताहरुमा अत्याधुनिक ककपिट स्टाइलको फ्रन्ट क्याविन, फराकिलो स्टोरेज, चालक र यात्रुले आफ्नो आवश्यकता अनुसार तलमाथी र दायाँवायाँ गर्न मिल्ने लचकदार सिट र स्याटेलाईट नेभिगेसन सामेल गरिएको छ ।
सुरक्षाका लागि यसमा ६ वटा एयरव्याग, एबिएस, इविडी, ट्रयाक्सन कन्ट्रोल, इन्टेलिजेन्ज व्याक–अप इन्टरभेन्सन, ट्राफिक साइन रिकग्निसन, इन्टेलिजेन्ट व्लाइन्ड स्पट इन्टरभेन्सन सहित अन्य थुप्रै एक्टिभ र प्यासिभ फिचर्स दिइएको छ ।
जापानी कार निर्माता कम्पनी निसानले नयाँ निसान किक्स सार्वजनिक गरेको छ ।...
जापानका दुई ठूला अटो ब्रान्ड निशान र होन्डा मर्जरको तयारीमा छन् । विशेषगरी...
काठमाडौं – निसानकाे नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...