आज विश्वकर्मा पूजा, सवारी साधनको समेत पूजा गरिदै
काठमाडौं – हरेक वर्ष जस्तै आज असोज १ गते विश्वकर्मा पूजा मनाइदै छ ।...
काठमाडौं महानगरपालिकाले तीन वर्षअघि करिब १४ करोड रुपैयाँमा खरिद गरेको ७ वटा इटालियन ब्रुमर चालक अभवाका कारण थन्किएको छ । ब्रुमर नभएपछि महानगरपालिकाले बाटो बढार्न सकेको छैन ।
ब्रुमरसँगै ३ वर्षसम्म चालक दिने सहमति भएको थियो । ब्रुमरसँग आएका चालकको म्याद सकिएपछि ब्रुमर थन्किएको हो । सम्झौताको मिति सकिएका कारण चालक बिदामा बसेको र अब नयाँ प्रक्रिया थालेर चालक आएपछि मात्र यी ब्रुमर सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।
हाल सातवटा ब्रुमर राष्ट्रिय सभागृहमा थन्काएर राखिएको छ । लामो समयदेखी पानी पर्न नसकेका कारण काठमाडौंका सडक धुलाम्य बनिरहेको छ । यस्तो अबस्थामा सडकको धुलो बढार्नुपर्ने ब्रुमर नै थन्किएर बसेपछि महानगरवासीले धुलो खानुको अर्को विकल्प रहेको देखिँदैन ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...