१५ थान मोटरसाइकल पछि विद्युत प्राधिकरणले खरिद गर्यो एकैपटक २० वटा इलेक्ट्रिक कार

विद्युत प्राधिकरणले अहिले धमाधम नयाँ इलेक्ट्रिक मोटरसाइकल र गाडी खरिद गरिरहेको छ । ६ महिनाअघि १५ वटा सुपरसोको व्रान्डको इलेक्ट्रिक मोटरसाइकल खरिद गरेको प्राधिकरणले पछिल्लो समय २० वटा टाटा नेक्सन इभी खरिद गरेको हो ।

विद्युतको खपत बढाउन आग्रह गर्दै आइरहेको प्राधिकरणले आफ्नो कार्यलयमा काम गर्ने कर्मचारीका लागी यी साधन खरिद गरेको हो । एकैपटक यति धेरै इलेक्ट्रिक सवारीसाधन खरिद गरेपछि यो सरकारी संस्थान नेपालमा सबैभन्दा बढी इभी प्रयोग गर्ने निकाय वनेको छ । हालसम्म कुनैपनि सरकारी अर्थात निजी कम्पनीले यति धेरै परिणाममा इलेक्ट्रिक भेहिकल खरिद गरेको भेटिदैन ।

प्राधिकरणले यसअघि खरिद गरेको मोटरसाइकलको मूल्य प्रति युनिट २ लाख ८६ हजार रुपैयाँ रहेको थियो भने हाल खरिद गरिएको नेक्नस इभीका लागी उसले प्रति युनिट ४१ लाख रुपैयाँ खर्च गरेको छ । यो एसयुभी नेपाली बजारमा ३७ लाख रुपैयाँदेखी उपलब्ध रहँदै आएपनि प्राधिकरण भने सबैभन्दा महंगो भेरियन्ट एक्सजेड प्लस लक्जरी खरिद गरेको हो । यी दुबै साधन टेन्डरमार्फत खरिद गरिएका हुन् ।

नेपाली बजारमा सर्बाधिक रुचाइएको नेक्सन इभीमा ३०.२ किलोवाट आवर क्षमताको व्याट्रि प्याक जडान गरिएको छ । जसको अधिकतम पावर १२९ पिएस र टर्क २४५ एनएम रहेको छ । यो एसयुभीलाई एकपटक चार्ज गरेपछि ३ सयमाथी किलेमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।

यसमा जडान गरिएको ब्याट्री र मोटरमा कम्पनीले ८ बर्ष र १ लाख ६० हजार किलोमिटरको वारेन्टि सेवा उपलब्ध गराएको छ । यसमा ७ इन्चको डिस्प्ले, हर्मन स्टेरियो सिस्टम, एलइडी लाइट, रियर पार्किङ क्यामेरा र अटो फोल्डेबल ओआरभिएमएस लगायत फिचर्स दिइएको छ । यो एसयुभीमा ३५ भन्दा बढी कनेक्टेड कार फिचर्स दिइएको छ ।

नेक्सन इभीमा प्रोजेक्टर हेडल्याम्प, सिग्नेचर एलइडी टेलल्याम्प, फ्लोटिङ रुफ, पियानो व्ल्याक ओआरभीएम, रुफरेल, सार्क फिन एन्टेना, १६ इन्चको डायन्ड कट अलोय ह्वील, बडी कलर डोर ह्याण्डललगायत विशेषता उपलब्ध छ ।

त्यस्तै यसमा ल ७ इन्च फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, हर्मनको ८ स्पीकर, स्टेरिङ माउन्ट कन्ट्रोल बटम, ७ इन्चको डिजिटल टीएफटी इन्स्ट्रुमेन्ट क्लष्टर, भ्वाइस अलर्ट सिस्टमलगायत विशेषाता रहेका छन् । यो एसयुभीले सेफ्टि टेस्टमा ५ स्टार रेटिङ हात पार्न सफल भएको थियो ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक कार ओरा गुड क्याटको सफलतापूर्वक नेपाली सडकमा परीक्षण सम्पन्न

इलेक्ट्रिक कार ओरा गुड क्याटको सफलतापूर्वक नेपाली सडकमा परीक्षण सम्पन्न

काठमाडौँ – ग्रेटवाल मोटर नेपालले इलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड...

एन्ड्रोइड अटो र एप्पल कारप्ले के हुन् ?

एन्ड्रोइड अटो र एप्पल कारप्ले के हुन् ?

अहिले बजारमा आउने अधिकांश नयाँ कार अत्याधुनिक प्रविधिसहित ल्याइन्छ।...

टाटा टियागो ईभीको खुल्यो बुकिङ

टाटा टियागो ईभीको खुल्यो बुकिङ

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...