संचारकर्मी र हुन्डाई इलेक्ट्रिक टिमविच अन्तरक्रिया कार्यक्रम सम्पन्न

संचारकर्मी र हुन्डाई इलेक्ट्रिक टिमविच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हुन्डाई गाडीको नेपालका लागी अधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले चैत्र २५ गते अयोजना गरेको उक्त कार्यक्रममा उपस्थित संचारकर्मीलाई हुन्डाई ब्रान्डको इलेक्ट्रिक कार र नेपालमा इलेक्ट्रिक कारको समग्र अबस्थाका बारेमा जानकारी प्रदान गरिएको थियो ।

सो अबसरमा इलेक्ट्रिक गाडीका लगाी विशेष तवरले निर्माण गरिएको थापाथलिस्थत इभी डेडिकेटेड शोरुमको विशेषताका बारेमा समेत जानकारी प्रदान गरिएको थियो । पाटनस्थित हुन्डाई ट्रेनिङ एकेडेमीमा एक कार्यक्रमको आयोजना गरी इलेक्ट्रिक कारमा प्रयोग भएका प्रबिधी, यस्ता गाडीको नेपाली बजार संभावना, भोलीका दिनमा निम्तिन सक्ने चुनौती र यसको समाधान तथा हुन्डाई ब्रान्डको नेपाली बजारमा उपलब्ध विभिन्न मोडलका कारको बारेमा बिस्तृत जानकारी दिइएको थियो ।

लक्ष्मी इन्टकन्टिनेन्टल प्रालिका नायव महाप्रबन्धक दिपक थपलियाले नेपालमा इभीले सोचेभन्दा राम्रो बजार लिन सफल भएको बताए । उनले भने, ‘नेपालमा इलेक्ट्रिक भेहिकलले छोटो समयमै राम्रो बजार लिन सफल भएका कारण यो साधनका बारेमा विस्तृत ज्ञान हाँसिल गर्नु आवश्यक भैसकेको छ । विश्व बजारकै लागी नयाँ प्रबिधी भएका कारण इभीमा अवसरको साथसाथै चुनौतीहरु पनि त्यत्तिकै मात्रामा रहेका छन् । जुन विषयमा सरोकारवाला व्यक्ति र निकाय सबै पक्ष उत्तिकै सचेत र जानकार हुन आवश्यक भैसकेको छ ।’इलेक्ट्रिक भेहिकलका लागी आबश्यक पूर्बाधार र प्रबिधीको यथेष्ट प्रबन्ध गर्न नसकिए भोलिका दिनमा यसले समस्या निम्ताउन सक्ने उनको भनाई थियो ।

कम्पनीका वरिष्ठ बिक्री प्रबन्धक दिवाकर रेग्मीले नेपाली बजारमा उपलब्ध हुन्डाई ब्रान्डका कोना, आयोनिक सेडान र आयोनिक ५ गरी कुल ३ वटा मोडलका इलेक्ट्रिक कारको विविध पक्षका बारेमा जनकारी प्रदान गरेका थिए । सोही क्रममा उनले हालसालै नेपाल भित्रिएको आयोनिक ५ कार कसरी डिजाइन तथा लुक्स, पावर तथा पर्फमेन्स, फिचर्स र सेफ्टिको मामलमा उत्कृष्ट छ भन्ने विषयमा प्रस्तुती दिएका थिए । साथै उनले देशका ४० स्थानमा हुन्डाईको आफ्नै चार्जिङ स्टेशन निर्माण भैसकेको जानकारी दिए ।

हुन्डाई ट्रेनिङ एकेडेमीका ट्रेनिङ म्यानेजर बाशुदेव तिमिल्सिनाले हुन्डाई गाडीको मर्मतसम्भारमा संलग्न टेक्निसियनलाई दक्ष बनाउन कम्पनीले गर्दै आइरहेको पहलका बारेमा जानकारी दिएका थिए । उनका अनुसार यो एकेडेमीले नेपालभर रहेका हुन्डाई गाडीको सर्भिस सेन्टरमा कार्यरत टेक्निसियनलाई पछिल्लो प्रबिधीका बारेमा तालिम उपलब्ध गराउँदै आइरहेको छ ।

‘सन् २०१८ मा आयोनिक सेडान भित्रिए देखि नै हामीले इलेक्ट्रिक कारको मर्मतसम्भार सम्वन्धि विशेष तालिम दिँदै आइरहेका छौ । जसका कारण नेपालको जुनसुकै भुभागमा हुन्डाईको इलेक्ट्रिक कारमा समस्या देखिए ग्राहकले तत्कालै नजिकको वर्कशपवाट सेवा पाउनेछन’ उनले भने । हुन्डाइले हालसम्म ४८ जना टेक्निसियनलाई हाई भेल्टेजमा समेत काम गर्न सक्ने गरी सर्टिफाइड गरिसकेको उनको भनाई थियो ।

सम्बन्धित समाचारहरू

ग्राहकलाई डेलिभरी गरियो मेड इन नेपाल हुन्डाई भेन्यु, मूल्य कति ?

ग्राहकलाई डेलिभरी गरियो मेड इन नेपाल हुन्डाई भेन्यु, मूल्य कति ?

काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...

क्रेटा ईभीमा प्रयोग भएको ब्याट्रीसहित ९२ प्रतिशत कम्पोनेन्ट भारतमै उत्पादन

क्रेटा ईभीमा प्रयोग भएको ब्याट्रीसहित ९२ प्रतिशत कम्पोनेन्ट भारतमै उत्पादन

हुन्डाईले हालै बजारमा ल्याएको क्रेटा ईभीमा ९२ प्रतिशत भन्दा बढी...

आज लन्च हुँदै हुन्डाई क्रेटा ईभी, यस्ता हुनेछन् विभिन्न फिचर

आज लन्च हुँदै हुन्डाई क्रेटा ईभी, यस्ता हुनेछन् विभिन्न फिचर

भारतमा केही समय पहिले सार्वजनिक भएको हुन्डाई क्रेटा ईभी नेपाली बजारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...