नाडा टिमद्वारा गाडी र स्पेयर पार्ट्स आयात रोकिएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण : छलफल गर्ने आश्वासन

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालका पदाधिकारीहरुले हालै सरकारले गाडी र अन्य स्पेयर पार्ट्स व्यवसायको आयातका लागि एलसी खोल्नमा रोक लगाइएको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

नाडा अध्यक्ष ध्रुव बहादुर थापा, महासचिव सुरेन्द्र कुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल र भेइकल कमिटीका सभापति निराकार श्रेष्ठको टोलीले प्रधानमन्त्रीसँग भेटघाट गरेको हो ।

‘आयात नै रोकिनु राम्रो नभएको र यस वारेमा अर्थमन्त्रीलगायत सरोकार पक्षसँग छलफल गर्ने प्रधानमन्त्रीले बताउनु भएको छ ।’ अध्यक्ष थापाले भने ।

सरकारले केही दिन पहिले नगद मार्जिनको प्रस्ताव गरेको थियो भने हालै नेपाल राष्ट्र बैंकले सवारी साधनका साथै स्पेयर पार्ट्स आयातका लागि समेत एलसी नखोल्न दबाब दिइरहेको बताइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...