सेकेन्ड ह्यान्ड ईभी किन्न एनएमबी बैंकले कर्जा दिने, ल्यायो ‘प्रि–ओन्ड ईभी फाइनान्सिङ’ योजना
काठमाडौं – एनएमबी बैंकले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि पुराना...
काठमाडौं – नेपाल राष्ट्र बैंकले अत्यावश्यकबाहेक वस्तुमा जाने कर्जा तथा विशेष गरी गाडी आयातको एलसी रोक्न बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई निर्देशन दिएको छ । सोमबार २७ वटै वाणिज्य बैंकका सीईओहरूलाई बोलाउँदै राष्ट्र बैंकले सो निर्देशन दिएको छ ।
राष्ट्र बैंकले विदेशी मुद्राको संचितिमा दबाव बढ्दै गएको बताउँदै बैंकका सीईओहरूलाई गाडीहरूको एलसी रोक्नलाई निर्देशन दिएको हो ।
यसअघि राष्ट्र बैंकले लिएका नीतिले आयातमा फरक नपरेपछि विदेशी मुद्राको सञ्चिति घट्नेक्रम रोकिएको छैन।
विदेशी मुद्राको सञ्चितिमा निरन्तर ह्रास आएपछि केन्द्रीय बैंकले बैंकहरूलाई एलसी नखोल्न निर्देशन दिएको हो।
गाडी, सुनचाँदी, कस्मेटिक्स सामग्री, विलासी ग्याजेट्ससम्मका आयातमा कडाइ गर्नुपर्ने राष्ट्र बैंकका अधिकारीहरूले बताएका थिए।
स्थानीय निर्वाचन पहिले सरकारले अप्रिय निर्णय गर्न अप्ठ्यारो मानेको र यसरी बैंकमार्फत मौखिक निर्देशनको सहारा लिएको बताइएको छ । यसबाट आगामी दिनमा अटोमोबाइल व्यवसायमा थप संकट उत्पन्न हुने देखिएको छ ।
राष्ट्र बैंकले यसअघि नै विभिन्न वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था गरेको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...