काठमाडौं रेजर्सको एकदिने फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौं – काठमाडौं रेजर्स फुटबल क्लबले एकदिने फुटसल प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको छ । फ्यानहरुसँग अन्तरक्रिया गर्नुका साथै क्लबका मुख्य प्रशिक्षक बालगोपाल महर्जन र मार्की प्लेयर बिकेश कुथुलाई भेट्ने अवसर प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

‘फ्यानहरुसँग प्रत्यक्ष अन्तरक्रिया गर्न र फुटबलको विकास गर्न यो कार्यक्रम आयोजना गरिएको हो ।’ टिम डाइरेक्टर विज्ञानराज शर्माले भने, काठमाडौं रेजर्सको आधिकारिक फेसबुक पेजमा फेसबुक लाइभ मार्फत १५० भन्दा बढी दर्ताबाट लक्की ड्रमार्फत १६ टोली छनोट गरिएको थियो । प्रत्येक खेल नकआउट विधिबाट खेलाइएको थियो ।

विजेताले नगद १५ हजार सहित प्रमाणपत्र, मेडल, ट्रफी सहित टिमको टि–सर्ट प्राप्त गरेका थिए । भद्रकाली फुटसल फाइनलमा टर्फ किंगलाई पराजित गर्दै प्रतियोगिताको विजेता बनेको थियो । विज्ञानराज शर्मा (टिम निर्देशक), राजेश मानधर (टिम व्यवस्थापक) र बालगोपाल महर्जन (मुख्य प्रशिक्षक) ले सबै सहभागीहरुलाई प्रमाणपत्र र टिमको टि–सर्ट प्रदान गरेका थिए ।

काठमाडौं रेजर्स फुटबल क्लब पहिलो एनएसएल प्रतियोगिताको बिजेता क्लबका साथै वर्तमान च्याम्पियन हो । यामाहा बाइक र अन्य विभिन्न अटोमोबाइल आयातकर्ता एमएडब्लु इन्टरप्राइजेजले काठमाडौं रेजर्स क्लबलाई प्रवद्र्धन गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

यामाहाको पहिलो इलेक्ट्रिक स्कुटर भारतमा उत्पादन सुरु

यामाहाको पहिलो इलेक्ट्रिक स्कुटर भारतमा उत्पादन सुरु

यामाहाले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ईसी–०६ को उत्पादन सुरु भएको घोषणा...

यामाहाले ल्यायो विश्वकै पहिलो एयरब्याग सहितको स्कुटर

यामाहाले ल्यायो विश्वकै पहिलो एयरब्याग सहितको स्कुटर

काठमाडौं– यामाहाले विश्वमै पहिलो पटक एयरब्याग सहितको स्कुटर सार्वजनिक...

बल्खुमा खुल्यो यामाहा शोरुम रिशिक अटोमोबाइल्स

बल्खुमा खुल्यो यामाहा शोरुम रिशिक अटोमोबाइल्स

काठमाडौं – बल्खुमा यामाहा मोटरसाइकल तथा स्कुटरको नयाँ शोरुम रिशिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...